खबर पूर्वाञ्चल

सामान्य वर्षा हुँदा पनि विराटनगर १२, १३, १४, १५, १६, १७ र १८ नम्बर वडाको अधिकाश सडक जलमग्न भइ घर भित्र पानी पस्ने गरेको छ । रानी– विराटनगर ६ लेन्डको सडक निर्माणको क्रममा बस्ती भन्दा उचाइमा सडक रहेको छ । त्यही भएर पनि सामान्य वर्षा हुँदा पनि विराटनगर दक्षिण भेगको बस्ती डुवानमा हुने गरेको छ । स्थानियबासीको माग जनप्रतिनधीहरूले सुनवाइ गर्ने आसवसन दिएपछि अन्दोलन रोकिएको छ । विराटनगर १५ मा पानीको निकास हुने ८ वटा ‘साइफन’ थियो । अहिले विराटनगर –रानी सडक निर्माण भएपछि पुरिएर २ वटा मात्र साइफोन रहेको विराटनगर १५ का वडाअध्यक्ष असलम आलमले जानकारी दिए । ‘त्यही भएपनि पनि विराटनगरको उत्तरी क्षेत्रको पानी सबै यही वडामा आएर सडक जलमग्न हुने गरेको छ,’ उनले भने, ‘साइफोन थप्न हामी लागि परेका छौं । जसले गर्दा केही हदसम्म पानीको निकास हुन्छ । थप साइफन बनेपछि पानीको निकास हुन्छ ।’ यस विषयमा पनि विराटनगर महानगरपालिका प्रमुखलाई जानकारी गराएको वडाअध्यक्ष आलमले बताए ।