खबर पूर्वाञ्चल
नयाँ शैक्षिक सत्रदेखि साविकको बालवाटिका स्कुल नेशनल एकेडमी नामकरण गरी कक्षा नर्सरीदेखि १२ कक्षासम्म संचालन गर्ने भएको हो ।
नेशनल एकाडेमीले आज पत्रकार सम्मेलन गरी सम्पूर्ण अभिभावकहरुलाई साविकको बालवाकिटका स्कुल नेशनल एकाडेमीबाट संचालन हुने भएकाले भर्ना अभियान सुरु गरेको जानकारी गराएको छ । नेशनल एकाडेमीले बालबाटिका बोर्डिङ स्कुल २७ लाख ५० हजार रुपैयाँमा किनेको संचालक तथा नेशन एकाडेमीका प्रिन्सिपल सकलदेव साहले जानकारी दिए । राजनकुमार छराहाङ्ग र इन्दु थापा छराहाङ्गले संचालन गरेको स्कुल भदौ ३ गते नेशन एकाडेमीले किनेको उनले बताए ।
स्कुल खरिद गरेपछि बालवाटिका स्कुलको स्वामितत्व सकलदेव साह र उनका श्रीमती सरिता साहको नाममा आएको छ ।
साहको नाममा स्कुल आएपछि साविकको बालावटिका स्कुलका संचालक राजन छराहाङ्गले अहिले आएर बेमानी गरेको आरोप लगाएका छन् । ‘अहिले पनि बालवाटिका स्कुलमा भर्ना लिने काम भइरहेको छ । यो गलत तरिका हो । हामीले स्कुल खरिद गरेको सम्पूर्ण कागजपत्र भुक्तानी दिएको प्रमाणहरु सुरक्षित राखेका छौं,’ साहले भने, ‘नयाँ शैक्षिक सत्र सुरु हुन लागेपछि अहिले न्यू खोज्न थालेका छन् ।’
राजन छराहाङ्गलाई १० लाख, छराहाङ्गले भने अनुसार उनका साथी पंकज गुप्तालाई १२ लाख गरी २२ लाख रुपैयाँ दिएको कागज गरेको प्रमाण सुरक्षति गरेको उनले बताए । ‘अब पाँच लाख ५० हजार दिनु पर्दछ । यो पैसाँ दिन आफु तयार रहेको छु,’ साहले भने, ‘तर, छराहाङ्गले १२ लाख दिनुपर्ने सर्त राख्दै बेमानी गर्न सुरु गरेका छन् ।’ उनले छराहाङ्ग विरुद्ध विराटनगर महानगरपालिको न्यायीक समितिमा पनि उजुरी दिएका छन् । चैत २३ गते दुवै पक्षलाई छलफलमा वोलाएको छ ।
यता छराहाङले भने २८ लाखमा विक्री गरेको भएपनि साहले साढे ६ लाख रुपैयामा मात्र दिएको बताए । ‘पुरा पैसा नदिएको कारणले विद्यालय बन्द नगरिएको हो,’ उनले भने ।