जंगली च्याउ खाँदा ६ जना विरामी

खबर पूर्वाञ्चल, २१ बैशाख २०७७, आईतवार १८:१९

संखुवासभा / संखुवासभाको सभापोखरी गाउँपालिका २ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन् ।

शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा राईसहित उनकी श्रीमती २४ बर्षीया मनिला राई, छोरी ३ बर्षीया सुपी राई, छिमेकी २५ बर्षीय दिनेश राई, उनकी श्रीमती २४ बर्षीया अनिता राई र ३ बर्षीया छोरी आकांक्षा राई विरामी भएका हुन् ।

विरामी ६ जनाको नै जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५