AArya
RUMPUM
animated ellipse animated ellipse

माओवादी केन्द्र विराटनगरको नेतृत्व चयनका लागि मतगणना सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ बैशाख २०८२, शनिबार १६:१०
270
Shares
विराटनगर / नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न मतदानपछि मतगणना सुरु भएको छ।

निर्वाचन कार्यालयका अनुसार साँझ ४ बजेबाट मतगणना प्रक्रिया औपचारिक रूपमा थालिएको हो।

आज दिउँसो १ बजेदेखि सुरु भई केहीबेरअघि सम्पन्न भएको मतदानमा कार्यसमितिका ८१ जनाले शतप्रतिशत सहभागिता जनाएका थिए।

मतगणनाबाट माओवादी केन्द्र विराटनगरको अध्यक्षसहित उपाध्यक्ष, सचिव, सहसचिव लगायत पदाधिकारीहरू चयन गरिने छन्।

निर्वाचनको प्रारम्भिक नतिजा केही घण्टाभित्रै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यसअघि, गत आइतबार सम्पन्न नगर सम्मेलनबाट ८१ सदस्यीय कार्यसमिति चयन भए पनि पदाधिकारी चयनमा सहमति नजुटेपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको थियो। माओवादीको विधान अनुसार कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ।

यस निर्वाचनमा दुई मुख्य प्यानल प्रतिस्पर्धामा छन्। एकतर्फ, नेता शिवकुमार मण्डल समूहले दिनेश (देव) राजवंशीको अध्यक्षतामा प्यानल बनाएको छ। सो प्यानलमा उपाध्यक्षमा सनोजकुमार यादव, धर्मलाल माझी, र चन्द्रबहादुर वन, सचिवमा सोनु केवट, र सहसचिवमा दिनेशकुमार यादव रहेका छन्।

अर्कोतर्फ माओवादी केन्द्रका मोरङ इन्चार्ज कुलप्रसाद साम्बा नेतृत्वको समूहले नमिता न्यौपानेलाई अध्यक्ष पदका लागि अघि सारेको छ। सो प्यानलमा उपाध्यक्षमा शिवराम थन्दार, शारदा मैनाली, र सरस्वती ओझा, सचिवमा मो. आजम परवेज, र सहसचिवमा भरत गिरी रहेका छन्। कोषाध्यक्षमा भने मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

पार्टीभित्र नेताहरूको पृष्ठभूमि हेर्दा, मण्डल उपमहासचिव जनार्दन शर्माका निकट मानिन्छन् भने साम्बा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेताको रूपमा चिनिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर