RUMPUM
animated ellipse animated ellipse

झी पुचः मा काल भैरवको मूर्ती अनावरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ जेष्ठ २०७९, मंगलवार १६:३९
225
Shares
विराटनगर । विराटनगरस्थित झी पुच: नेपाल भाषा तथा सांस्कृतिक संघको प्रांगणमा पूर्ण कदको काल भैरवको मूर्ती अनावरण गरिएको छ ।

झी पुच: मा आज पुजाआजा गरेपछि काल भैरवको मूर्ती विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीले अनावरण गरेका हुन् ।

झी पुचः मा अनावरण गरिएको काल भरैवको मूर्ती नेपालको दोस्रो ठूलो र प्रदेश १ मै पहिलो भएको दाबी गरिएको छ । १२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको काल भैरवको मूर्ती ११ फिट अग्गो रहेको झी पुचः का अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए । उक्त मूर्ती भद्रपुरबाट आएका मूर्तीकार सन्देश श्रेष्ठले निर्माण गरेका हुन् ।

यसैगरि झी पुचः मा नेवारी कलात्मक स्वागतद्धार पनि निर्माण हुने भएको छ । चार महिनामा निर्माण पुरा हुने गरि आज नेवारी कलात्मक स्वागतद्धारको पनि शिलन्यास गरिएको छ । झी पुचः मा निर्माण हुने नेवारी कलात्मक स्वागतद्धार २० लाख लागतमा निर्माण हुन लागेको हो । स्वागतद्धार निर्माणमा लाग्ने खर्च समाजसेवी सुर्दशनबहादुर श्रेष्ठ र गोपाल श्रेष्ठले आफ्नो बुवाको नाममा निर्माण गरिदिन लागेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर