RUMPUM
animated ellipse animated ellipse

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन पत्रकार सम्मेलन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ आश्विन २०८३, आईतवार १८:२६
3
Shares
विराटनगर / अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा असोज २७ र २८ गते विराटनगरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी भएको हो ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन २०८३ को सचिवालयले विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सम्मेलनको तयार भएको बताइएको छ । संयोजक एवं प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरुबीच आपसी सहकार्य, समन्वय र साझेदारी सुदृढ गर्ने सम्मेलनले मद्दत गर्ने उल्लेख छ ।

संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पु¥याउने सम्मेलनमा प्रदेशहरुले गरेका अभ्यास र कार्यान्वयनका क्रममा प्राप्त गरेका अनुभव, सफल अभ्यास तथा साझा चुनौतीहरु बारे छलफल हुने बताइएको छ ।

संविधानप्रदत प्रदेशका अधिकारको प्रभावकारी प्रयोग, संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता, आवश्यक कानुनी तथा नीतिगत सुधार, वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन र प्रदेशको स्रोत परिचालन लगायतका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।

प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै नागरिकले अनुभूत गर्ने गरी गुणस्तरीय सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्नु, विकासका उपलब्धिलाई जनतासम्म पु¥याउनु र प्रदेशहरुको आन्तरिक आय अभिवृद्धिका सम्भावनालाई उपयोग गर्नु सम्मेलनका महत्वपूर्ण उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनमा सातवटै प्रदेशका मुख्यमन्त्री, सम्बन्धित प्रदेशका मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष एवं प्रमुख सचिवहरुको सहभागित हुने सम्मेलनले एउटा साझा धारण निकाल्ने बताए ।

मुख्यमन्त्री कार्कीले संघीय शासन प्रणालीलाई थप सुदृढ, परिणामुखी र नागरिकमैत्री बनाउन सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गर्दै सम्मेलनमा प्रस्तुत गरिने साझा एजेण्डा, प्रस्तावित कार्ययोजना र प्रतिबद्धतामार्फत प्रदेशहरुबीचको सहकार्यलाई नियमित, व्यवस्थित र परिणामुखी बनाउने दिशामा ठोस पहल गरिने कुरामा जोड दिए ।

मुख्यमन्त्री कार्कीले पत्रकारहरुले सोधेको प्रश्न र जिज्ञासालाई सम्बोधन गर्दै सम्मेलनलाई उपलब्धिमूलक बनाउँदै संघीयताको सुदृढीकरण, सुशासन, दिगो विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारका साझा लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर