पूर्वाञ्चल खबर
भेलाले जिल्ला सहकारी संघ लि. मोरङका अध्यक्ष डिल्ली पोखरेलको संयोजकत्वमा सबै बिषयगत सहकारी संघका पदाधिकारी एवम् संचालकहरु, सबै पालिकाका संयोजक एव सदस्यहरु, सहकारी कर्मचारी संगठनका पदाधिकारी एवम् संचालकहरु, राष्ट्रिय सहकारी बैंक र अग्रज सहकारीकर्मीहरु समेत रहेको २ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । त्यसैगरी कामलाई थप ब्यवस्थित बनाउनका लागि पोखरेलकै अध्यक्षतामा सबै बिषयगत संघका अध्यक्ष, सहकारी कर्मचारी संगठनका अध्यक्ष, जिल्ला सहकारी संघका संचालकद्धय युवराज भट्टराई, योगराज पौडेल, जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष प्रेमप्रकास कोइराला, उपाध्यक्ष वीना राई, सचिव एकराज निरौला समेत रहेको ब्यवस्थापन समिति निर्माण गरेको छ भने समितिको सदस्य सचिवमा जिल्ला सहकारी संघ लि. मोरङ्गका सचिव विरेन्द्र यादवलाई तय गरेको छ ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको संयोजकत्वमा सहकारी रजिष्टार बलराम निरौलासहित सहकारीका केन्द्रीय निकायमा प्रतिनिधित्व गर्ने सहकारीकर्मीहरुको सल्लाहकार समिति समेत गठन गरिएको छ ।
भेलाले सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रमका साथ सहकारी दिवस मनाउन सबै संघ÷संस्थालाई अनुरोध गर्नुका साथै चैत्र १८ गते विराटनगर, वेलवारी÷सुन्दरहरैचा, पथरीशनिश्चरे÷उर्लावारी र रंगेलीमा बृहत मोटरसाईकल ¥याली गर्ने निर्णय समेत गरेको छ । चैत्र १९ गते साझ ७ बजे सहकारी संघ÷संस्थाका कार्यालयहरुमा दिपावली गर्नेसमेत निर्णय गरिएको कुरा संयोजक डिल्ली पोखरेलले जानकारी गराउनु भयो ।
नेपालमा २०१३ साल चैत्र २० गते सहकारी संस्था स्थापना भएको अवसरमा हरेक बर्ष चैत्र २० गते देशभरी सहकारी दिवस मनाउने गरिएको छ । मोरङमा रहेका करिव ११ सय सहकारी संघ÷संस्थाका सदस्यहरुको सहभागितामा हरेक बर्ष सहकारी दिवस मनाउदै आईरहेको छ । यस बर्षको सहकारी दिवसका दिन नेपालमा सहकारी संस्था स्थापना गर्ने पहिलो ब्याक्ति बखानसिंह गुरुङ्गको अर्धकदको सालिक पनि पथरी÷शनिश्चरेमा अनावरण गर्ने कार्यक्रम रहेको बताईएको छ । उक्त सालिक सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको पहलमा निर्माण गरिएको हो ।
समितिका सदस्य सचिव बिरेन्द्र यादवका अनुसार कार्यक्रमलाई ब्यवस्थित बनाउन बिभिन्न उपसमितिहरु गठन गरिएका छन् । बिना राईको संयोजकत्वमा हल÷मन्च ब्यवस्थापन, गणेश राईको संयोजकत्वमा स्यम्सेवक परिचालन, पार्वती बरालको संयोजकत्वमा भाँकी ¥याली र स्वागत सत्कार उपसमितिको जिम्मेवारी अष्टलक्ष्मी साकोसलाई दिईएको छ । मोटरसाइकल ¥यालीका लागि बिराटनगरमा अमृत गुरुङ्ग, रंगेली कमलेश्वर ठाकुर, पथरी/उर्लावारी एकराज निरौला, सुन्दर हरैचा÷बेलवारीका लागि रविन्द्र आचार्यलाई संयोजक तोकिएको छ ।