AArya
RUMPUM
animated ellipse animated ellipse

वल्ड भिजनले प्रदेश–१ सरकारलाई ३८ लाखको स्वास्थ्य सामाग्री सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ जेष्ठ २०७८, शुक्रबार १८:२८
342
Shares
विराटनगर / अन्तराष्ट्रिय गैरसरकारी संस्था वल्ड भिजनले प्रदेश–१ सरकारलाई ३८ लाख बढीको स्वास्थ्य सामाग्रि उपलब्ध गराएको छ ।

सो संस्थाले नेपाल कभर परियोजना चरण–२ अन्तरगत कोभिड १९ ब्यवस्थापनको उद्धेश्यसहित प्रदेश सरकारलाई ३८ लाख ८१ हजार १ सय २७ रुपैया मुल्य बराबरको स्वास्थ्य सामाग्रि उपलब्ध गराएको हो ।

मुख्यमन्त्री कार्यालय परिसरमा आज आयोजित कार्यक्रमकाबीच वल्ड भिजनले मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईलाई संयुक्तरुपमा ती सामाग्रिहरु हस्तान्तरण गरेको हो । वल्ड भिजनले प्रदेश सरकारलाई अक्सिजन सिलिण्डर १ सय २० थान, पल्स ओक्सिमिटर ७० थान,थर्मल टेम्परेचर गन ७० थान, पिपई सेट १ सय थानसहित अक्सिजन कन्सन्ट्रेटर सहितका सामाग्रि उपलब्ध गराएको वल्ड भिजनका निति तथा संचार विज्ञ प्रमिल अधिकारीले बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वल्ड भिजनले कोरोना महामारीको पहिलो चरणदेखिनै प्रदेश सरकारलाई आवश्यक सामाग्रिहरु उपलब्ध गराउदै आएको बताए । उनले प्रदेश सरकारलाई प्राप्त सामाग्रिहरु प्राथमिकताका आधारमा स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने समेत बताए ।

सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले कोरोनालाई परास्त गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर