AArya
RUMPUM
animated ellipse animated ellipse

प्रेस सेन्टर नेपाल मोरङद्वारा नयाँ वर्ष २०८२ को टेबल क्यालेण्डर विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ बैशाख २०८२, आईतवार १८:२७
72
Shares
विराटनगर / प्रेस सेन्टर नेपाल मोरङले नयाँ वर्ष २०८२ सालको टेबल क्यालेण्डर सार्वजनिक गरेको छ।

आज विराटनगरमा आयोजित एक विशेष समारोहमा उक्त क्यालेण्डरको विमोचन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त रूपमा गरे।

विमोचन कार्यक्रममा पत्रकारिता क्षेत्रको विकासमा प्रेस सेन्टर नेपाल मोरङले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनीहरूले यस्ता रचनात्मक कार्यहरूलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा स्थानीय सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका सदस्यहरू लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा प्रेस सेन्टर मोरङका पदाधिकारीहरूले क्यालेण्डरको उद्देश्य र यसको सन्देशमूलक पक्षबारे जानकारी गराएका थिए। प्रेस सेन्टर नेपाल मोरङले पत्रकारिता मात्र नभई सामाजिक र सृजनात्मक गतिविधिहरूमा पनि सक्रियता जनाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर