animated ellipse animated ellipse

मोर्डन एरा स्कुलका विद्यार्थीले मन्चन गरे नाटक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ पुष २०८१, बुधबार ०८:३१
369
Shares
विराटनगर / विराटनगरस्थित मोर्डन एरा स्कुलका प्रिन्सिपल इन्द्र राईले लेखन गरेको ‘ कस्ले सुन्ने ?’ नामक नाटक मन्चन गरेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा मंगलबार उक्त नाटक मन्चन गरेको हो ।

सुरज माझीले निर्देशन गरेको कस्ले सुन्ने नाटकमा साक्षी कडेल, दिवस, अंश खनाल, एन्जल, वविन, आभा, प्राप्ती, साइमन, रचना, आराध्य, रोनिस, प्रिन्सा, आर्यनलगायतले अभियन गरेका छन् ।

नाटकमा मोर्डन एराका विद्यार्थीहरुले रोचक ढंगले अभिनय गरेका छन् । आमा बावुको माया नपाउँदा छोरा छोरीमा पर्ने असरको बारेमा नाटकमा विद्यार्थीहरुले भिजेर अभियन गरेका छन् । उनीहरुले अभिनयले गुरुकुलमा सहभागि भएका दर्शकहरु भावविहन भएका थिए ।

गिता अग्रवालले उक्त नाटकको व्यवस्थापन गरेका छन् । मोर्डन एराका विद्यार्थीहरुले प्रत्येक वर्ष नाटक मन्चन गर्दै आएका छन् । नाटकमा अभियन गर्ने विद्यार्थीहरुलाई विषय विज्ञ विद्यार्थीहरुले प्रशिक्षण दिने गरेका छन् । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रंगकर्मी भरत गुरागाईले विद्यार्थीहरुले मेहनत गरेको कारणले अभिनय नाटकमा राम्रो गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर