खबर पूर्वाञ्चल
खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यनु गुणस्तको बस्तु उत्पादन गर्दै बजार पढाउने ६ वटा उद्योगविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
न्यून गुणस्तरको खाद्यबस्तु उत्पादन गरी उपाभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने उद्योगहरू मोरङका रहेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालामा उद्योगहरूबाट उत्पादन भएको खाद्यबस्स्तुको नमूना संकलन गरेर ल्याब परीक्षण गर्दा न्यून गुणस्तरको पुष्टि भएपछि मुद्दा दायर गरेको कार्यालय प्रमुख राजकुमार परिजालले जानकारी दिए ।
खाद्ययले विराटनगर १९ मा रहेको शिखर अर्गनाइजेशन लि. बाट उत्पादन हुने मकै न्युन गुणस्तरको पुष्टि भएपछि ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै मोरङ अदालातमा साउन ३० गते मुद्दा दायर गरेको उनले बताए ।
यस्तै चौपायको आहार उत्पादन गर्ने मोरङको बुढीगंगा गाउँपालिका २ टंकिस्थित नेपाल बलहोप एग्री टेक प्रालिले दूषि दाना पदार्थ उत्पादन गरी बिक्री वितरण गरेको पाइएपपछि ५० हजार रुपैयाँसम्म जरिवाना वा १ महिनादेपखि १ वर्षसम्मको कैद सजायको माग दाबी लिएर जिल्ला प्रशासन कार्यालय मोरङमा साउन ३० गाते मुद्दा दायर गरेको छ । यस्तै प्राषोधित पिउने पानीमा लेबल नभएको भेपटिएपछि विराटनगर १३ स्थित रुपसान प्रशोधित खानेपानी उद्योग विरुद्ध ५० हजार जरिवाना वा पाँच वर्षसम्म वा दुवै सजायको माग दाबी राखेर मोरङ अदालातमा मुद्दा दायर गरेको छ ।
यस्तै टोमेटो केचप उत्पादन गर्ने बुढीगंगाको दुगढ स्पाइसेस एण्ड फुड प्रोडक्स प्रालिले न्यून गुणस्तरको खाद्य बस्तु उत्पादन गरी बजारमा बिक्रीको पढाउने गरेको पाइएपछि ५० हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्मको कैद सजायको माग दाबी लिएर मोरङ अदालातमा कार्तिक ३ गते मुद्दा दायर गरिएको खाद्य कार्यालयले जनाएको छ । खाद्य प्रविधिले दायर गरेकोे मुद्दा बिचारधिनमा रहेको छ । फैसला हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा पनि एक दर्जन उद्योगले उँत्पादन गरेको खाद्यबस्तु कम गुणस्तरको भेपटिएपछि अनुसन्धान सुरु गरिएको कार्यालय प्रमुख रिजालले बताए ।
कार्यालय प्रमुख रिजालले आथिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक प्रगति बिवरण सोमबार सार्वजानिक गर्दै हालसम्म १४७ वटा उद्योगहरु अनुगमन गरेको जानकारी गराए । खाद्य दाना उद्योगको अनुज्ञापत्र जारी नवीकरण तथा उद्योग सिफारिस ४ सय ६ वटा गरिएको छ ।
तपाईको प्रतिक्रिया