AArya
RUMPUM
animated ellipse animated ellipse

स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरण सम्बन्धी तालिम सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ जेष्ठ २०८०, मंगलवार १६:५६
171
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्रीवितरणसम्बन्धी एकहप्ते तालिम सम्पन्न भएको छ ।

महानगरको पशुपन्छी विकास शाखाको आयोजना भएको तालिम आज सम्पन्न भएको हो । विराटनगरको १९ वटै वडाबाट २६ जना मासु व्यवसायीको तालिममा सहभागिता रहेको पशुपन्छी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

तालिममा विज्ञ डा. गंगाराम यादव, डा. बोधप्रसाद पराजुली, डा. मनिषकुमार साह, डा. सराहना सुवेदी, शुभनारायण यादव र गणेश पौडेलले प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई स्वच्छ मासु उत्पादनदेखि बिक्री वितरण तथा विभिन्न रोगहरुबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जानकारी दिए ।

तालिमको समापन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मासु व्यवसायलाई व्यवस्थित बनाउन महानगरपालिका लागिपरेको बताए । उनले पशु वधशाला निर्माणका लागि पनि पहल भइरहेको जानकारी दिए । महानगरको सीमित बजेटले मात्रै वधशाला निर्माण गर्न गाह्रो पर्ने भएकाले संघीय र प्रदेश सरकारसित सहकार्य गरेर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

विराटनगर १९ का वडाध्यक्षसमेत रहेका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगर क्षेत्रभित्रका सबै माछामासु व्यवसायीहरुलाई प्रशिक्षित गर्ने बताए । महानगरको सफाई अभियानलाई प्रभावकारी बनाउन पनि वधशाला निर्माण जरुरी रहेको उनले औंल्याए ।

त्यस्तै सहभागीहरुका तर्फबाट मासु व्यवसायी संघ विराटनगरका अध्यक्ष सुभाषचन्द्र सिवाकोटीले महानगका विभिन्न चार स्थानमा व्यवस्थित माछामासु बजार बनाउन आफूहरु तयार रहेको बताए । उनले महानगर र व्यवसायी मिलेर वधशाला निर्माण गर्न सकिने प्रस्ट पारे । अर्का व्यवसायी टंकप्रसाद गौतमले व्यवसायीलाई तालिम दिएर महानगरले राम्रो कार्य गरेको भन्दै खुशी व्यक्त गरे ।

तालिममा सहभागीहरुलाई मेयर नागेश कोइराला र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले प्रमाणपत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर