animated ellipse animated ellipse

कटहरी गाउँपालिकाद्धारा ट्राफिक प्रहरीलाई व्रेथलाइजर मेशिन वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ पुष २०८०, बिहीबार १७:५४
153
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिकाले जिल्ला ट्रफिक कार्यालय मोरङलाई आज एकथान व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको छ ।

मादक पर्दाथ सेवन मापसे चेकजाँचमा प्रयोग हुने व्रथलाइजर मेशिन पालिकाले हस्तान्तरण गरेको हो ।

गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष देवराज चौधरीले ट्राफिक प्रहरी कार्यालय मोरङका सहायक प्रहरी निरिक्षक श्यामदेव यादवलाई मेशिन हस्तान्तरण गरे ।

ट्राफिक व्ववस्थापनमा सहज होस भन्ने उदेश्याले मेशीन हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले बताए । पालिकाले १ लाख २८ हजार ३ सय रुपैयामा मेशिन खरिद गरेको पालिकाका प्रमुख प्रसासकिय अधिकृत मनोजकुमार साहले वताए ।

मादक पदार्थ सेवन चेकजाँचको क्रममा सवारी चालकले मेशिनमा फुकेपछि पादक पदार्ग सेवन गरेको नगरेको थाहा पाइन्छ । यो सहित मोरङ जिल्लामा मापसे चेकजाँचका लागि चारवटा मेशिन प्रयोगमा आउने प्रहरी सहायक निरिक्षक यादवले बताए । यस अघि टा«फिक प्रहरी कार्यालयलाई विराटनगर महानगरपालिकाले एकथान व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको थियो । दुर्इ वटा पूर्व–पश्चिम राजमार्गमा तथा अव दुर्इ वटा व्रेथलाइजर मेशिन विराटनगरसहित हुलाकी राजमार्गमा सवारी चालक चेक जाँचमा प्रयोगमा आउने भएको छ ।

सवारी दुर्घटना न्युनिकरण गर्दै ट्राफिक व्यवस्थापन सहज वनाउन प्रहरीले मापसे चेकजाच गर्दै आएको छ । मेशिन विग्रेपछि वनेर समयमा नआउने समस्याले आवश्यक स्थानमा अझैपनि मापसे चेकजाँच गर्न नसकिएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर