AArya
RUMPUM
animated ellipse animated ellipse

नवनिर्वाचित एमाले मोरङका पदाधिकारी तथा सदस्यहरुले लिए सपथ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ माघ २०७८, शुक्रबार १७:४६
297
Shares
विराटनगर / नेकपा एमाले जिल्ला कमिटी मोरङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् ।

विराटनगरमा आज एक कार्यक्रमका बीच उनीहरुले सपथ लिएका हुन् । कार्यक्रममा ९ औँ जिल्ला अधिवेशनको निर्वाचन समितिका प्रमुख चुडामणि आचार्यले नवनिर्वाचित अध्यक्ष ऋषिकेश पोखरेललाई सपथ गराएका थिए । अध्यक्ष पोखरेलले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराए ।

कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु वरालले सर्वसम्मत रुपमा चयन भएको जिल्ला कमिटीले आगामी निर्वाचनहरुमा एमालेलाई पहिलो पार्टी बनाउन शसक्त रुपमा लाग्नु पर्ने बताए । उनले एमाले बिरोधीहरुले छरेको भ्रम चिर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामका विषयमा जनतालाई जानकारी दिन आवश्यक भएको बताए ।

एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकालले अब छिटै नै निर्वाचनमा देश जाने भन्दै एमालेलाई मोरङ जिल्लामा पहिलो बनाउने गरि कार्य थाल्न सुझाव दिए । कार्यक्रममा अधिवेशनको अध्यक्ष मण्डलको तर्फबाट पूर्व राष्ट्रिय सभा सदस्य खेम नेपाली, एमाले प्रदेश १ अध्यक्ष तुलसी न्यौपाने, प्रदेश सचिव चिन्तन पाठकलगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर