AArya
RUMPUM
animated ellipse animated ellipse

संसद विघटनविरुद्ध प्रतिरोध गर्न मोरङ कांग्रेसको आह्वान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ जेष्ठ २०७८, आईतवार २०:२१
333
Shares
विराटनगर / नेपाली कांग्रेस मोरङले संसद विघटनविरुद्ध राजनीतिक र न्यायिक प्रतिरोध गर्न आह्वान गरेको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस मोरङले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा चलिएको संसद विघटन गर्ने कदमको राजनीतिक र न्यायिक रुपमा प्रतिवाद गर्न आह्वान गरेको हो ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपतिद्वारा विधि प्रक्रिया मिचेर प्रधानमन्त्रीको मतियार बनी मध्यरातमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा मुलुकलाई धमेल्नु कोरोनाबाट प्रताडित जनताको जीवनसँग भोटको सौदाबाजीको सुरुवात भएको उल्लेख छ ।

विज्ञप्तिमार्फत कांग्रेस मोरङले प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदमको घोर निन्दा र आपत्तिसमेत जनाएको छ । संसद विघटनविरुद्ध स्थानीय तहदेखि जिल्ला तहसम्म स्वास्थ्य मापदण्ड अपनाएर प्रतिरोधमा उत्रिने मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले बताए ।

रोग र भोकले जनता आक्रान्त बनेका बेला प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा जालसाजी गरेको उनले बताए । सचिव कोइरालाले सामाजिक सञ्चालन र भर्चुल माध्यमबाट भए पनि प्रतिकारमा उत्रिन आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर