ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ३९ सहित प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण देखियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०७८, शनिबार १७:५५
477
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७७, सुनसरीमा ४८, झापामा ३०, धनकुटामा ५, खोटाङ र इलाममा २–२, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३९, पथरीशनिश्चरेमा १४, बेलबारीमा ६, उर्लाबारी र बुढीगंगामा ४–४, सुन्दरहरैचा र कटहरीमा ३–३, कानेपोखरी र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३२, धरानमा ७, रामधुनीमा ५, बर्जु, इनरुवा, दुहवी र कोशी गाउँपालिका १–१ जनामा संक्रमण देखिएको छ ।

उता झापाको दमकमा १०, कमल गाउँपालिकामा ८, शिवसताक्षी, विर्तामोड, भद्रपुर र मेचीनगरमा २–२, गौरादह, हल्दिबारी, बुद्धशान्ति र अर्जुनधारामा १–१, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा २–२, महालक्ष्मीमा १, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, संखुवासभामा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप २६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५० महिला र ११५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर