पूर्वाञ्चल खबर
सो अवसरमा प्रमुख कोइरालाले सूचना र समाचारका क्षेत्रमा अहोरात्र खटिने एकमात्र समाचार समिति राससले प्रकाशन गरेको यो किताबबाट राज्यलाई फायदा भएको बताए । उनले राज्यले गर्न नसकेका काम राससले किताबको माध्यमबाट प्रचारप्रसार गरिरहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ एवं बलियो बनाउन मद्दत पुगेको विचार राख्दै किताबलाई जनस्तरसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
सदस्य खरेलले मुलुकमा गणतन्त्र आइसकेपछि केही पनि भएको छैन भत्रे भाष्यलाई चिर्न यो किताबले महत्वपूर्ण भूमिका खेल्ने बताए ।