खबर पूर्वाञ्चल
कार्यालयमा दोस्रो त्रैमासिक प्रगति सार्वजानिक कार्यक्रममा उनले केमिकल भण्डारण कक्ष तथा प्रयोगशाला सुरक्षा उपकरणहरूको व्यवस्था गरिएकाले यसलाई हटाउन नुहने बताए । खाद्यको प्रयोगशालमा ९०० भन्दा बढी खाद्य उद्योगको परीक्षण गर्ने गरेको उनले जानकारी दिए । यहाँ वार्षिक ५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय स्तरको परीक्षण हुने गर्छ । कार्यालयका प्रमुख रिजालका अनुसार भवनको स्वरूप प्रयोगशालालाई मध्यनजर गरेर अत्याधुनिक उपकरणहरूको आवश्यकता अनुसार डिजाइन गरिएको छ । अन्य भवनको भन्दा फरक संरचना रहेकाले त्यसैको आधारमा सामान्य तथा रोगकारी सुक्ष्म जीवाणुको विश्लेषण गर्ने स्थल तथा उपकरणहरूको व्यवस्था मिलाइएको उनले बताए ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला भएकाले यसले देशलाई नै फाइदा पुग्ने उनको भनाइ छ । भोलि मौजुदा संरचना हटाउँदा प्रयोगशाला उपयोगविहीन बन्नसक्नेतर्फ रिजालले सचेत गराएका छन् । केमिकल भण्डारण कक्ष तथा प्रयोगशाला सुरक्षा उपकरणहरूको व्यवस्था गरिएकाले यसलाई हटाउन नुहने उनले प्रष्ट पारे । करोडौँ मूल्यका उपकरणहरू अन्यत्र सार्न नमिल्ने गरी जडान गरिएको उनको भनाइ छ । ‘युरोपियन युनियनको सहयोगमा आएका उपकरणको स्थायी जडान गरिएको छ । अन्य भवनमा उपकरण जडान गर्न र प्रयोगशाला सञ्चालन गर्नै मिल्दैन । यो धेरै संवेदनशील प्रयोगशाला हो’, उनले भने, ‘प्रयोगशाला आवासीय स्थलभन्दा छुट्टै स्थानमा हुनुपर्दछ । त्यसैले हामीले उपचारका लागि चाहिने संरचना समेत हालको स्थानमा जडान गरिसकेका छौँ ।’
हाल कायम रहेका ७ मन्त्रालयलाई फुटाएर १२ पु¥याउने प्रदेश १ सरकारले निर्णाय गरेको छ । सोहीअनुसार प्रदेश राजधानी विराटनगर आसपास ठूला सरकारी भवन खाली गर्ने काम सुरु भएको छ । थप हुने मन्त्रालयका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको भवन पनि प्रयोग गर्न सक्ने भएकोले कार्यालय प्रमुख रिजालले सचेत गराएका हुन् ।