AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

छठको तयारी सुरु, विराटनगरको नहर र खोला सजाउन थालियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ कार्तिक २०७८, मंगलवार १४:०३
1.31k
Shares
विराटनगर / तराइमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ ।

तिहार सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले विराटनगरसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।

लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरियो तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।

अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ ।

विराटनगरको सिंघिया, केसलिया, सुनसरी मोरङको सिचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । विराटनगर ११ पिचरामा स्थानिय युवा क्लब र संस्थाको अग्रसरतामा नहरलाई सिङ्गार्न जुटेका छन् ।

सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर