ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पहिचानवादीको विराटनगरमा शान्तिपूर्ण आन्दोलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ जेष्ठ २०८०, बुधबार २१:०२
171
Shares
विराटनगर / कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचान पक्षधरले विराटनगरमा आज शान्तिपूर्ण आन्दोलन गरेका छन् ।

प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले कोशी प्रदेश खारेजीको माग राख्दै पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।

उनीहरुले विराटनगरको बिजुली अपिस अगाडी भेला भएर निस्किएको प्रर्दशन डिएसपी रोड हुँदै जिल्ला प्रशासन कार्यालयबाट वीरेन्द्र सभा गृह अगाडी कोणसभा आयोजना गरेका थिए । उनीहरुले पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो सावित हुने चेतावनी दिए । प्रदेशवासीले अतिरिक्त अधिकार नभई पहिचान माग गरेको बताउँदै त्यसलाई रोक्न खोजिएको बताए । उनीहरुले पहिचानसहितको नामकरण नगरे जस्तोसुकै आन्दोलन गर्न पनि बाध्य हुने चेतवीन दिएका छन् ।

यसअघिको विराटनगरमा भएको आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरी र आन्दोलनकारीबीच झडप हुने गरेको थियो । आइतबार आन्दोलनको क्रममा पक्राउ परेका पहिचानवादी २७ नेता तथा कार्याकताहरुलाई मंगलबार साझ रिहा भएका थिए । रिहा हुनु अगाडी पहिचानवादी र स्थानीय प्रशासनबीच आगमी दिनको आन्दोलन शान्तिपूर्ण गरिने सहमति भएको थियो । सोही अनुसार बुधबारको आन्दोलन शान्तिपूर्ण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर