खबर पूर्वाञ्चल
गत मंसिर १ गते दुर्घटनामा परेको कार लिन जाँदा जलाएको अवस्थामा भेटिएको कार धनी सचिन पोखरेलले जानकारी दिए । सडकबाट करिब ३ सय मिटर तल झरेर दुर्घटना भएको सो कार डेढ महिनादेखि दुर्घटनास्थलमै रहेको र शनिबार लिन जाँदा जलाएको अवस्थामा भेटिएको उनले बताए ।
इलामबाट झापातर्फ आउँदै गरेको बी एए १६९२ को कार दुर्घटना हुँदा ५२ वर्षीय कारधनी पोखरेलसहित ५७ वर्षीय राजकुमार पौडेल, विराटनगर–२ का २४ वर्षीय अर्जुन महर, झापा दूधेका मनोज राईसहित ५ जना घाइते भएका थिए ।
प्रहरी चौकी हर्कटे इलामका प्रहरी सहायक निरीक्षक रमेश बस्नेतको टोलीले दुर्घटनामा परेकाहरुको उद्धार गरी उपचारका लागि झापास्थित वीएण्डसी अस्पताल पठाएको थियो । उपचारपछि कारधनी पोखरेल घर फर्किएका थिए । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सहसचिवसमेत रहेका पोखरेलले कार जलाउनेलाई पक्राउ गरी कारबाही गर्न मागसमेत गरे ।