खबर पूर्वाञ्चल
मोरङ प्रहरीले श्वेतालाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा सुन्दरहरैचा नगरपालिका–१० का २५ वर्षीय सविन पराजुलीलाई पक्राउ गरी म्याद थप गरेको छ ।
पराजुलीलाई मोरङ अदालतमा आत्महत्या दुरूसाहन मुद्दामा आज ७ दिनको लागि म्याद थप गरिएको छ । प्रहरीलाई अनुसन्धान गर्न अदालतले अनुमति दिएको मोरङ अदालतका स्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए।
मृतककी कान्छी बहिनी सरिताको जाहेरीमा पराजुलीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । श्वेताले असार ७ गते साँझ डेरामा आत्महत्या गरेकी थिइन् । परिवारका अनुसार महेन्द्र मोरङ क्याम्पसमा विएसडब्लू। दोस्रो वर्षमा अध्ययरत श्वेताको विगत तीन वर्षदेखि सविनसँग प्रेम सम्बन्ध थियो । तर केही दिन अघि उनको अर्कै युवकसँग विवाह गर्ने निधो भएको थियो । सोमबार फूलमाला र असार १४ गते विवाह गर्ने तयारी थियो । तर सविनले स्वेतासँगका पूराना फोटाहरु सावजनिक गरेपछि उनले आत्महत्या गरेकी थिइन् ।
श्वेताको विवाह हुँदै गरेको घरसम्म स्वेताको फोटो पुगेपछि उनले आत्महत्या गरेकी हुन् । विवाह हुने भएको दोस्रो केटाले श्वेतालाई भेटेर पहिलो प्रेमीसँग धेरै माया साटिएको रहेछ, अब विवाह नगरौं भनेपछि उनले आत्महत्या गरेको परिवारको भनाइ छ ।
पूर्व प्रेमीले फैलाएको फोटोले उनलाई आत्महत्या गर्न दुरूहासन गरेको आरोपमा अहिले प्रहरीले सविनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइहरेको मोरङ प्रहरीको भनाइ छ ।