विराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजलाई सही बाटो देखाउन बाललिकालाई गुणस्तर शिक्षा दिनु आवश्यक रहेको बताएका छन् ।
नारदमुनि– पवित्रा लुईटेल स्मृति कोष मोरङ ग्रामथान गाउँपालिका–२ द्वारा आज झोराहाटमा आयोजित ‘ झिलकुमारी लुईटेल स्मृति पत्रकारिता पुरस्कारवाट सञ्चारकर्मी सुशिला पाठकलाई नगद सहित सम्मान गर्दै उनले अभिभावकले आफ्नो बावालिकालाई शिक्षाप्रति अभिप्रेरित गरेमा समाज र राष्ट्रको उन्नतिमा सहयोग पुग्ने बताए ।
मुख्यमन्त्री कार्कीले अङ्कको आधारमा विद्यार्थी उत्कृष्ट नहुने चर्चाै गर्दै कक्षा कोठा वाहिर चौर पनि रोजगार र शिक्षाको केन्द्र भएको उद्हारण खेलाडी कुसल भूर्तेल र दिपेन्द्र ऐरिले क्रिकेटको माध्यमबाट कायम गरेको विश्व किर्तिमानबाट देखिएको बताए ।
उनले कपि र कलम भन्दा वाहिरको गला र मेहनतबाट नेपालको नाम विश्वमा राख्न सफल गायिका मेनुका पौडेल रहेको गर्दै शिक्षकले कक्षा कोठामा भएका सम्पूर्ण विद्यार्थीहरुको योग्यता , शिपको सम्मानवाट मुलुकमा परिवर्तन आउने बताए ।
मुख्यमन्त्री कार्कीले भने – वर्तमान प्रदेश सरकार सविधान भन्दा वाहिर एक मिनेट पनि सञ्चालन नगर्ने दुढता व्यक्त गर्दै संघमा गठबन्धन फेरिदै यो सरकार नफेरिने दावी समेत गरे । उनले प्रदेश सभा सदस्यहरुले वर्तमान कोशी सरकार संविधानको कुन धाराको आधारमा वहुमत प्राप्त भएको त्यो हेर्न समेत आग्रह गरे ।
कोषका अध्यक्ष शंकरप्रसाद लुइँटेल र सरस्वती माविका प्रधानअध्यापक अशोक लुइँटेलले सम्पूर्ण विद्यार्थीहरुलाई समान व्यवहार र सिकाईप्रति विशेष जोड दिने गरेको विचार राखे । सोही अवसरमा मुख्यमन्त्री कार्कीले सरस्वती विद्यालयका जेहन्दार छात्रछात्रा र उत्कृष्ट र निवर्तमान शिक्षकहरुलाई नगद सहित सम्मान गरे ।
तपाईको प्रतिक्रिया