AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, विजेता पुरस्कृत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ श्रावण २०८२, बिहीबार १८:४६
585
Shares
विराटनगर / विराटनगर–८ हाटखोलामा अवस्थित ग्रेडेड सेकेण्डरी स्कुलले अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर कक्षा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ।

विद्यार्थीहरूको वाकपटुता र प्रस्तुति कलालाई निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूलाई सहभागी गराइएको थियो। प्रतियोगितालाई सहज र प्रतिस्पर्धात्मक बनाउन विद्यार्थीहरूलाई कक्षा ५ र ६, कक्षा ७ र ८, तथा कक्षा ९ र १० गरी तीन समूहमा विभाजन गरिएको थियो।

तीनवटै समूहमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै उत्कृष्ट प्रस्तुति दिएका थिए। प्रतियोगिताको नतिजाअनुसार कक्षा ५ र ६ समूह श्रद्धा भगत प्रथम, प्रियन्स दास द्वितीय र अभिगल राई तृतीय भए।

कक्षा ७ र ८ समूहमा प्रसिश्का बराल प्रथम, वर्षिका न्यौपाने द्वितीय र विराट मण्डल तृतीय घोषित भए। कक्षा ९ र १० समूहमा प्रश्रय बिष्टले प्रथम स्थान, प्रशान्त कामतले द्वितीय स्थान र सरस्वती हेम्ब्रमले तृतीय स्थान हासिल गरे।

विद्यालयका सेकेण्डरी इन्चार्ज विपिन यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षक धीरज आचार्यले निर्णायकको भूमिका निर्वाह गरे। विजेता विद्यार्थीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विद्यालयकी शिक्षिका तारा कटवालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर