विराटनगर/ महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।
अर्जेन्टिनाका विश्वविजेता फुटबलर ६० वर्षीय म्याराडोनाको बुधबार निधन भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मस्तिष्कको सफल शल्यक्रिया गरेको दुई साता नबित्दै हृदयघातबाट उनको निधन भएको हो । यो खबरले विश्व फुटवल जगत स्तब्ध छ । म्याराडोनाको निधनमा अर्जेन्टिनाले ३ दिनको विदा दिएर राष्ट्रिय शोख मनाउँने भएको छ ।
दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो ।सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए । अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।
म्याराडोनाले अर्जेन्टिनालाई सन १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । उनले फुटवल करियरमा ४ सय ९० खेल खेलेर ३ सय ११ गोल गरेका छन् । अर्जेन्टिनाको राष्ट्रिय टोलिका लागि ९१ खेल खेल्दै ३४ गोल गरेका छन् ।
तपाईको प्रतिक्रिया