AArya
RUMPUM
animated ellipse animated ellipse

मधेश प्रिमियर लिगको उपाधी मिथिला वारियर्सको कब्जामा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०८२, शुक्रबार ०७:३६
234
Shares
माला मिश्रा
राजविराज / राजविराजमा सञ्चालित मधेश प्रिमियर लिग क्रिकेट तेस्रो संस्करण प्रतियोगिताको उपाधी मिथिला वारिर्यसले जितेको छ।

राजविराजको पविमाबि खेलमैैदानमा भएको फाइनल खेलमा मिथिला वारियर्सले सप्तरी बलान बिहुल विष्णुपुर सुपरकिङलाई ५ विकेटले पराजित गर्दै उपाधी माथि कब्जा जमाएको हो।

मधेश प्रदेश सरकारको सहयोगमा सञ्चालित प्रतियोगिताको फाईनल खेलमा टस जितेर बलान बिहुलले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सबै विकेट गुमाएर १ सय ५३ रनको योगफल खडा गरेका थिए। बलानका विवेक यादवले २ चौका र ४ छक्काको मदतले सर्वाधिक ४५ रन बनाउँदा लोकेश वमले ४१ रन, सुजन थपलियाले २८ रन र फिर्दोष अन्सारी १५ रन बनाएका थिए। मिथिला वारियर्सका वसन्त खत्री ३ विकेट लिँदा शेर मल्ल र कुुशल भुर्तेल २र२ विकेट विकेट लिए।

जवाफमा १ सय ५४ रनको लक्ष्य पाएको मिथिला वारियर्सले १८ दशमलव ३ बलमा ५ विकेट गुमाएर जित हात पार्दै उपाधी जितेको हो। मिथिलाको जितमा कुशल भुर्तेलले ३६ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ५८ रनबनाउँदा रविकुमार साह ४४ रन, वसिर अहमद २५ रनको योगदान दिए। बलानका विवेक यादवले २ विकेट लिँदा अरनिको यादवले पनि २ विकेट लिए।

फाईनल प्लेयर अफ दि फाइनल मिथिलाका कुशल भुर्तेल घोषित भएको छ भने प्रतियोगिताको प्लेयर अफ दि सिरिज जनकपुर सनराईजका विशाल पटेल, उत्कृष्ट ब्याटर जनकपुर सनराईज आशिफ शेख र उत्कृष्ट वलर मिथिलाका शेर मल्ल घोषित भएको आयोजक समितिका अध्यक्ष ईन्जिनियर संजिव नारायण यादव जानकारी दिए।

विजयी तथा अन्य खेलाडीलाई मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह, बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, छिन्मस्ता गाउँपालिका अध्यक्ष विदियानन्द चौधरी, मधेश प्रीमियर लिगका अध्यक्ष ई संजिव नारायण यादव, नेपाल क्रिकेट सँघका केन्द्रीय सदस्य आयुष श्रेष्ठलगायतले शिल्ड, कप, प्रमाणपत्र तथा विजेतालाई ९ लाख १ हजार उपविजेतालाई ४ लाख १ हजार पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर