AArya
RUMPUM
animated ellipse animated ellipse

झापाको दमकबाट ७ लाख ४५ हजारसहित ११ जुवाडे पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०७८, बुधबार ११:४३
1.47k
Shares
दमक/ ७ लाख ४५ हजार ५ सय रूपैयाँसहित ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमकदेखि इलाका प्रहरी कार्यालय दमकले मंगलबार राती ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।

दमक ८ का थिरराज खतिवडाको घरमा तास खेलिरहेको सूचना प्राप्त भएपछि इप्रका दमकका डिएसपी राकेश थापाको कमाण्डमा गएको प्रहरीले जुवाडे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक १ का ४५ वर्षिय नरेन्द्र थापा, सोही ठाउँका २३ वर्षिय नरेन्द्र लिम्बु, ४३ वर्षिय हर्क धिमाल, इलाम चुलाचुली ६ का ३७ वर्षिय र्हक लिम्बु, दमक ६ का ३१ वर्षिय चन्द्र लिम्बु, सोही ठाउँका ४० वर्षिय कृष्ण खतिवडा, ३७ वर्षिय सुरेन्द्र श्रेष्ठ रहेका छन् । यस्तै दमक ८ का ४४ वर्षिय पूर्ण प्रकाश रिजाल, २८वर्षिय सुसन रिजाल, ३८ वर्षिय कुलराज खड्का र २९ वर्षिय थिरराज खतिवडा रहेका रहेको डिएसपी थापाले जानकारी दिए ।

पक्राउ परेका ११ जनालाई इप्रका दमकले जुवा ऐन अन्र्गत कारवाहीको प्रक्रिया अगाडी बढाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर