animated ellipse animated ellipse

व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न स्वास्थ्यकर्मीलाई मन्त्री घिमिरेको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ आश्विन २०७७, बुधबार १९:२८
279
Shares
फाइल तस्वीर
झापा / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीलाई व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न आग्रह गरेका छन् । उनले अहिलेको परिस्थितिमा व्यक्तिगत इच्छा, चाहना भन्दा पनि जनताको सेवामा ध्यान दिन आग्रह समेत गरे ।

झापाको अर्जुनधारा नगरपालिकामा शनिश्चरे अस्पतालको उद्घाटन गर्दै मन्त्री घिमिरेले सो आग्रह गरेका हुन् । स्वास्थ्यकर्मीका समस्या सरकारले संवोधन गर्ने उनले बताए । उनले भने,‘ स्वास्थ्यकर्मीका समस्या समाधानका लागि सरकार तयार छ ।’ मन्त्री घिमिरेले सरकारको निर्देशन अनुसार काम गर्न स्वास्थ्यर्मीलाई आग्रह गरे । आजदेखि सञ्चालनमा आएको १५ वेडको शनिश्चरे अस्पतालका लागि मानव संसाधन, भौतिक व्यवस्था, उपकरणको लागि प्रदेश सरकारले आवस्यक सहायता गर्ने मन्त्री घिमिरेले बताए ।

अस्पताल उद्घाटन कार्यक्रममा सामाजिक राज्यमन्त्री जसमाया गजमेर, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानामगर लगायतले बोले ।

यसैवीच अर्जुनधारामा सामाजिक विकास मन्त्री घिमिरे र स्वास्थ्यकर्मीवीच अन्र्तक्रिया पनि गरिएको छ । मन्त्री घिमिरेले स्वास्थ्यकर्मीका समस्याबारे जानकारी लिनुका साथै उनीहरुलाई आवस्यक निर्देशन पनि दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर