ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बन्द बिद्यालय खुलाउने विषयमा महानगर छलफलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ भाद्र २०७८, आईतवार १९:०९
2.84k
Shares
विराटनगर / कोभिडका कारण लामो समयदेखि बन्द रहेका बिद्यालय खुलाउने विषयमा विराटनगर महानगरले विषय विज्ञ र सरोकारवालाहरुसंग छलफल गरेको छ ।

आज विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गराउन कसरी सकिन्छ भन्ने विषयमा परामर्श लिएका छन् ।

कार्यक्रममा सहभागी विराटनगर महानगरका विद्यालयका सञ्चालक,अभिभावक संघका प्रतिनिधि तथा प्राध्यानाध्यापकहरुले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्नु पर्नेमा जोड दिएका छन् ।

कोभिड कारण शैक्षिक क्षेत्रमा परेको समस्या र बैकल्पिक रुपमा भइरहेको अनलाईन कक्षाहरुले बालबालिकामा पारेको प्रभावका विषयमा समेत चिन्ता ब्यक्त गरिएको छ । लामो समय मोवाइल, ल्यापटपको स्क्रिनमा बस्दा बालबालिकाको आँखा र मस्तिष्कमा समेत दिर्घकालिन असर पर्ने तर्फ पनि ध्यान दिनुपर्ने औल्याएका थिए ।

छलफलमा उठेका कुराहरुलाई संम्बोधन गर्ने गरी विद्यालय सञ्चालन व्यवस्थापन कार्य ढाँचा निधारण गर्न शैक्षिक प्रशासन महाशाखाका शिक्षाअधिकृत कृष्ण भट्टराइको संयोजकत्वमा ७ सदस्य समिति समेत बनाइएको छ ।

जसमा शिक्षक महासंघका बेदु खतिवडा, हिसानबाट भेषराज पोखरेल, एनप्याप्सन र प्याप्सनकातर्फबाट इन्द्र राई,अभिभावक संघ नेपालबाट देवीपन्थी, सामुदायीक विद्यालय व्यवस्थापन समितिबाट कृष्ण गौतम रहेका छन् । समितिले एक हप्ताभित्रै विद्यालय सञ्चालन गर्न परामर्श तथा व्यवस्थापन कार्य ढाँचा निर्धारण गर्ने छ ।

समितिले एक प्रकारको खाका तयार गरेपछि कसरी विद्यालय सञ्चालनमा आउछ, आउदैन भन्ने निर्णयमा पुग्ने मेयर पराजुलीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर