RUMPUM
animated ellipse animated ellipse

असुरक्षित हुने गर्भपतनलाई निरुत्साही गर्न जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०७९, शुक्रबार १८:०३
72
Shares
विराटनगर / असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साही पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

स्वास्थ्य लाइभले विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको बताए । उनीहरुले असुरक्षित गर्भपतनका कारण महिलाहरुले नै जोखिम मोल्नु पर्ने अवस्था रहेको उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै विराट मेडिकल कलेजका अध्यक्ष तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले असुरक्षित रुपमा हुने गरेको गर्भपतनलाई सुरक्षित बनाउनु र सकभर परिवार नियोजनका साधनहरु प्रयोग गरि गर्भपतन गराउनु हुदैन भन्ने सन्देश दिनु आवश्यक रहेको बताए ।

‘सकभर गर्भपतन गर्न नपरोस भन्ने मान्यता राख्ने गर्दछु,’ डा. कार्कीले भने, ‘तर पनि अहिले गर्भपतन गराउन आउने गरेका छन् ।’ गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउनुपर्नेमा डा. कार्कीले बताए । ‘गर्भपतन गराउन पाईन्छ वा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान छैन,’ उनले भने, ‘कस्तो अवस्थामा कहाँबाट गर्न पाईन्छ कस्तो अवस्थामा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान हुन आवश्यक रेहको छ ।’ यसमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विशेष पहल गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा विपी कोइराला विज्ञान प्रतिष्ठानका प्राडा. श्याम लम्सालले जथाभावी गर्भतपन गराउँदा महिलाको स्वास्थ्यमा असर पर्ने बताए । औषधि खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले महिलाहरू बढी मेडिकलमा गई अबैधरुपमा गर्भपतन गराउने समस्या बढेको उनले बताए । असुरक्षित गर्भपतनलाई निरुत्साहि गर्न जनचेतना अभिबृद्धी गर्नु जरुरी उनले बताए ।

कार्यक्रममा औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्का, मेरी स्टोप्सका केपी उपाध्यय, प्रदेश १ का स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत कृतिश्री दाहालले गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जोगाउन आवश्यक रहेको बताए । उनीहरुले इच्छाविपरीत भइहालेमा सुरक्षित तरिकाले गर्भपतन गराउन नेपाल सरकारवाट सुचिकृत स्वास्थ्य संस्था र सुचिकृत स्वास्थ्य कर्मि भएको स्वास्थ्य संस्थामा जानुपर्ने बताए ।

यसैबिच प्रदेश १ मा एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश १ मा सो संख्यामा गर्भपतन गराएको पाइएको हो ।

सरकारी रिपोर्ट अनुसार ७ वर्ष देखि १९ वर्ष सम्मका किशोरिहरुले बिभिन्न स्वास्थ्य सस्थाबाट गर्भपतनको सेवा लिएको देखिएको छ । गर्भपतनको सेवा लिनेहरु अधिकाशं २० वर्ष भन्दा मुनिका छन् ।

नेपालमा ५७ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गराइरहेका छन् । सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरु मध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन् ।

नेपालको ऐन, नियम, कानुन, निर्देशिकाहरूले सुरक्षित गर्भपतनलाई मान्यता दिएको छ । तर, सुरक्षित रुपमा गर्भपतन राउन पाइन्छ भन्ने जानकारी ४३ प्रतिशत महिललाई मात्रै छ । ठुलो संख्यामा महिला तथा किशोरीहरु सुचिकृत नभएका फार्मेसी र अन्य स्वाथ्य सस्थामा गएर सेवा दिने गरेका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकी नर्सिङ कम्युनिटी अधिकृत कविता अर्यालले हाल देशमा १५ सय स्वास्थ्य सस्था सुरक्षित गर्भपतनको सेवा दिन सुचिकृत भएको बताईन् । सुचिकृत स्वास्थ्य सस्थाबाट बि.स २०६० देखि हाल सम्म १४ लाख ६४ हजार १५ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । असुरक्षित गर्भपतनको एकिन तथ्यांक भने सुरक्षितको जस्तो लिन सहज छैन उनले भनिन् ।

असुरक्षित रुपमा भएको गर्भपतनलाई कसरी घटाउने भन्ने ठुलो चिन्ता अधिकारीहरुले लिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर