खबर पूर्वाञ्चल
वडा नम्बर ८, ९ र १० मा उम्मेदवारी दर्ताभएका मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरे जनाएको छ । विराटनगर १० को अध्यक्षमा माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । वाग्ले २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचन अघि नेकपा एमालेमा आबद्ध रहेका उनले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका थिए ।
वडा नम्बर १० को खुला सदस्यमा मोहनप्रसाद साह र विरेन्द्र बहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै विराटनगर ९ को अध्यक्षमा नेपाल सदभावना पार्टीको तर्फबाट किशोरकुमार कलवार र खुला सदस्यमा गणेशकुमार मोदीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वडा नं. ८ को अध्यक्षमा फुल मोहम्मदले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
अहिलेसम्म मेयर र उपमेयरमा उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । प्रदेश १ को एक मात्रै महानगरपालिका रहेको विराटनगरमा प्रमुख दल एमाले र काँग्रेसले अझैसम्म उम्मदवार टुंगो लगाउन सकेको छैन् ।
स्वतन्त्रबाट वडाअध्यक्षमा जितेका वाग्लेले फेरी दिए उम्मेदवारी, भनेः एमाले र काँग्रेको भोट काटेर जित्छु’। ‘वडाभित्र अझैपनि कतिपय कामहरू गर्न बाँकी छन् । बाँकी रहेको काम पूरा गर्न फेरी वडाअध्यक्षमा उम्मेदवारी दिएको छु,’ उम्मेदवारी दर्ता गरेपछि उनले भने, ‘अधुरो कामहरू पुरा गर्न र वडाबासीहरूको चाहना अनुसार उम्मेदवारी दिएको हु ।’