animated ellipse animated ellipse

सकियो तीन दिने महिला सेल्फ डिफेन्स तालिम, आत्मरक्षाको लागि ठूलो सहयोग पुग्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ असार २०८१, शुक्रबार १८:४७
45
Shares
विराटनगर / विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सम्पनन भएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा भएको उक्त तालिम आज सम्पन्न भएको हो ।

आत्मरक्षा तालिममा मोरङका सामुदायिक विद्यालयका ८, ९, १० र १२ कक्षामा अध्ययरत १०८ जना किशोरीहरुको सहभागि रहेको समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले जानकारी दिइन् । तीन दिनसम्म संचालन भएको तालिमको प्रशिक्षकहरुमा सुजता बस्नेत राणा, चन्द्रकला प्रसार्इ, मनकुमारी लिम्बु, पवित्रा शर्मा र योग प्रशिक्षकमा लक्ष्मि घिमिरे रहेकी थिइन् ।

समापन कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशको पूर्व मन्त्री तथा नेकपा एमालेका नेता जिवन घिमिरले तालिममा सकारात्मक सोच, नेतृत्व विकास, आत्मरक्षा तथा प्रतिकार गर्ने तौरतरिका, महिला तथा बालबालिकाको हकअधिकार, घरेलु, सामाजिक र यौनजन्य हिंसा तथा न्यूनीकरणका उपायलगायत विभिन्न विषयबारे सचेतना मुलक यस्तो तालिमले ठूलो सहयोग पुग्ने बताए ।

कार्यक्रमको संयोजक तथा नेपाल खेलकुद महासंघकी स्थार्इ कमिटि सदस्य सन्तोषी श्रेष्ठले महिलाहरुलाई सेल्फ डिफेन्स तालिमले आत्मरक्षाको लागि ठूलो सहयोग पुर्याउने बताइन् । यस्तो तालिम प्रदेश सरकारले गरिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताइन् ।

सुरुवाती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगको बचावट गर्नेदेखि अन्तिममा सुरक्षाका लागि उल्टै प्रहार गर्नेलगायत गतिविधि बारे प्रशिक्षण दिइएको छ । आफूमाथि हुने अप्रत्यक्ष र प्रत्यक्ष यौन हिंसा दुर्व्यवहारबारे सचेतना परामर्श लिएपछि किशोरीलाई आत्मरक्षाका लागि तयार गरिएको छ । ‘जुनसुकै समयमा पनि किशोरीमाथि सम्भावित विविध प्रकारको हिंसाको विरुद्धमा प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यका साथ तालिम दिइएको छ, यसले केही प्रभाव पार्नेमा हामी केही हदसम्म ढुक्क छौं,’ अध्यक्ष डाँगीले भनिन् ।

कार्यक्रममा विराटनगर ११ का वडाअध्यक्ष तिथेन्द्र न्यौपाने, वडा सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर