animated ellipse animated ellipse

औषधी व्यवसायीद्धारा जेष्ठ नागरिकलाई औषधी र खाद्यान्य वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०७७, शुक्रबार १८:०७
3
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघ मोरङले बुढीगंगा गाउँपालिका – १ पुष्पलालचौक स्थित महिला जागृती वृद्धा आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई औषधी र खाद्यान्य वितरण गरेको छ ।

संघका पदाधिकारीहरूले आज आश्रममा पुगेर एक महिनासम्म पुग्ने औषधी र खाद्यान्य वितरण गरेको हो ।

लकडाउनको समयमा आश्रममा रहेका वृद्धाहरूलाई औषधी खरिद गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै औषधी र खाद्यान्य सहयोग गरेको औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । उनका अनुसार आश्रममा रहेका दुई दर्जन जेष्ठ नागरिकलाई एक महिनासम्म पुग्ने औषधी र खाद्यान्य वितरण गरिएको बताए ।

संघले यहाँ रहेका दीर्घरोगको औषधी, भिटामिन, आँखामा समस्यामा भएकालाई आँखामा लगाउने औषधी र खाद्यान्य सहयोग गरेको हो । आश्रममा रहेका वृद्धाहरूलाई प्रेसर, सुगर कोलिस्टोर, थाइराइटल र आँखामा समस्या विरामीलाई एक महिनासम्म पुग्ने औषधी र खाद्यान्य वितरण गरिएको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए ।

संघका अध्यक्ष तिम्सिना, उपाध्यक्ष ढकाल, महासचिब दिनेश ठाकुर, कोषाध्यक्ष विजय राजवंशी, सचिब हरिराज रेग्मीलगायत र अन्य पदाधिकारीहरूको उपस्थीतिमा औषधी र खाद्यान्य वितरण गरिएको थियो ।

यस अघि पनि मोरङ जिल्लाका औषधी व्यवसायीहरूले विराटनगर– ८ स्थित विराटेश्वर वृद्धाआश्रमा रहेको जेष्ठ नागरिकहरूलाई औषधी र सेनिटाइजर वितरण गरेका थिए । महामारीको रूपमा फैलिएको कोरोना भाइसर (कोभिड—१९) संक्रमणबाट बच्न पाँच लिटर सेनिटाइजर, फिमेल, दिर्घरोगको औषधी र आठ वटा ग्यास सिलेण्डर वितरण गरेका थिए ।
फोटो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर