AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रजातन्त्र सेनानी तथा साहित्यकार रिजाल गर्गश्री सम्मानबाट सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७७, शनिबार १७:३५
3
Shares
विराटनगर / गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय विराटनगरले अग्रज साहित्यकार रमाप्रसाद रिजाललाई सम्मान गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीको अवसर पारेर पुस्तकालयले सात दशकभन्दा लामो समयदेखि नेपाली साहित्य, राजनीति र समाजसेवामा सक्रिय रिजाललाई गर्गश्री सम्मानबाट सम्मानित गरेको हो ।

प्रजातन्त्र सेनानीसमेत रहेएका रिजाललाई कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उप–मेयर इन्दिरा कार्की, पुस्तकालयका संरक्षक टीकाप्रसाद लामिछानेलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । रिजालका तीनवटा कवितासंग्रह प्रकाशित छन् ।

२००७ सालको राणाविरोधी आन्दोलनका साथै २०४६ सालको जनआन्दोलनमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका रिजाल कहिल्यै पनि लाभको पदमा नपुगेको प्राज्ञ विवश पोखरेलले बताए । व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै पोखरेलले रिजालले जीवनभर निष्ठा र त्यागको राजनीति गरेको उल्लेख गरे ।

त्यस्तै सोही अवसरमा कवि उमानाथ घिमिरेको ‘सरिता महाकाव्य’ विमोचन गरिएको थियो । विमोचित महाकाव्यका बारेमा कवि हरिप्रसाद बराल र हरि कट्टेलले समीक्षा गरे । प्राज्ञ दधिराज सुवेदी, राष्ट्रियसभाका निवर्तमान सदस्य एवं प्राज्ञ खेम नेपाली, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, पुस्तकालयका संरक्षक टीकाप्रसाद लामिछाने, कार्यबाहक अध्यक्ष सरला चापागाईं, सचिव इन्द्रप्रसाद खतिवडालगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा कवि कृष्णराज कोइराला, कविराज पोखरेल, देवी पन्थी, मधु पोखरेल, सरिता तुलाधर, दीपक शम्चुलगायत एक दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना वाचन गरे । पुस्तकालयले आदिकवि भानुभक्त आचार्य, मोतीराम भट्ट, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतका साहित्यकारहरुको जन्मजन्यतीका अवसरमा विशेष कार्यक्रम गर्दै आएको पुस्तकालयका महासचिव मीनकुमार नवोदितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर