खबर पूर्वाञ्चल
काठमाण्डौ विश्वविद्यालयले एक कार्यक्रम गरि विश्वविद्यालय र एस्पायर कलेज बिच साझेदारी रुपमा बि.आई.टी कार्यक्रम सञ्चालन गर्ने सहमतीभएको हो । बि.आई.टी कार्यक्रम एक अत्याधुनिक र अत्यावश्यक क्षेत्रमा आधारित छ , प्रविधि र ईन्जिनियरिङको क्षेत्रमा विद्यार्थीलाई व्यावसायिक र प्राविधिक दक्षता प्रदान गर्ने यस कार्यक्रमको लक्ष हो । चार बर्ष, ८ सेमेष्टर अध्यापन गराईने यो कार्यक्रममा कक्षा ११ र १२ मा विज्ञान संकाय अध्ययन गरेर जी.पि.ए. २.० वा ५०% अंकल्याएर उत्तिर्ण हुने विद्यार्थीहरुले भर्ना पाउन सक्ने छन् ।
काठमाण्डौ विश्विद्यालयको प्रत्यक्ष निगरानीमा चलिरहेको यस एस्पायर कलेजमा यसै वर्ष देखिआई.टी कम्पनी समेत सञ्चालनमा आउदैं छ । विद्यार्थीलाई भर्ना देखि रोजगार सम्म सेवा पु¥याउने अभिप्रायले सञ्चालन गरिने यस आई.टी कम्पनीमा विद्यार्थीहरुले इन्टर्न तथा रोजगारी पाउने छन् । २०२२ मा स्थापितयस कलेजमा बि.टेक.एड.आई.टी र बि.पि.एच. (प्रोफेसनलहोटल मेनेजमेण्ट) कार्यक्रम सञ्चालनमा छन् ।
तपाईको प्रतिक्रिया