RUMPUM
animated ellipse animated ellipse

भारतले मिचेको भुमी नेपालले मेरै हो भन्न मिल्दैन – नायिका बर्षा राउत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ जेष्ठ २०७७, आईतवार २०:३४
27
Shares
नेपाली नायिका वर्षा राउतले भारतीय भूमि अतिक्रमणबारे विवादास्पद अभिव्यक्तिमा सुधार गरेकी छिन् । अन्तवार्तामा क्रममा ‘दुई देशको झगडामा मेरो भारतीय साथीहरुसँग म कसरी फेस गर्ने ?’ भनेर बोलेपछि चौतर्फी आलोचनाको शिकार भएकी उनले क्षमा माग्दै अब बोल्दा विचार गर्ने बताएकी छिन् ।

नायिका राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिँदा आफुलाई अप्ठायारो भएको प्रतिक्रिया दिएकी छिन् । उनले एक भिडियो जारी गर्दै यस्तो विवादीत प्रतिक्रया दिएकी हुन् ।

नायिका राउतले दुई देशका पत्रकारहरुले भूमीको विषयलाइ लिएर गरिएको बहसले उनलाई समस्या भएको बताएकी छिन् । उनले भनेकी छिन् । उनले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा समस्या भएको बताएकी छिन् । उनले भूमिको समस्या दुई देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव समेत दिएकी छिन् ।

उनले सिनेपाटी युट्युव च्यानलमा कुरा गर्दै उक्त्त कुरा बताएकी भनेता पनि उक्त्त च्यानलमा सो कुरा भेटिदैन । यसअघि मनिषा कोइरालाले नेपालको समर्थनमा बोलेको थिइन् । नेपालको समर्थनमा बोलेपछि भारतमा उनको चौतर्फी बिरोध भयो । भारतीय मिडियाले उनलाई भारतको नुन खाएर चीनको समर्थन गर्छेस लगायतको तुच्छ गाली पनि दिन भ्याए । तर नेपाली भने उनको समर्थनमा जमेर लागि परे । #IAMWITHMANISHAKOIRALA भनेर ट्वीटरमा ह्याजट्याग नै चलाए र ट्रेन्डिमा पनि ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर