AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तमु लोसारको अवसरमा विराटनगरमा ‘सद्भाव म्याराथन’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०८२, सोमबार १८:०२
36
Shares
विराटनगर / गुरुङ समुदायको महान् पर्व तमु लोसार २०८२ को पूर्वसन्ध्यामा विराटनगरमा आज ‘सद्भावपूर्ण म्याराथन दौड’ प्रतियोगिता सम्पन्न भएको छ ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, महानगर इकाई समिति विराटनगरको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले गरे । विराटनगरको सहिद रङ्गशाला अगाडिबाट सुरु भएको दौड जिल्ला प्रशासन चोक, गोल्छा चोक, मेनरोड र हस्पिटल चोक हुँदै पुनः रङ्गशालामा पुगेर समापन भएको थियो । झण्डै ३ किलोमिटरको दूरी रहेको उक्त म्याराथनमा ५० जनाभन्दा बढीको सहभागिता थियो ।

प्रतियोगिताको पुरुषतर्फ नितेश भट्टराई प्रथम, सुरज चौधरी दोस्रो र प्रियान्सु चौधरी तेस्रो भएका छन् । त्यसैगरी महिलातर्फ अर्चना चौधरी प्रथम, पार्वती कायस्थ दोस्रो र भूमिका माझी तेस्रो भएको आयोजक समितिका कार्यवाहक अध्यक्ष श्याम गुरुङले जानकारी दिए । ५० वर्षमाथिको विधामा सुबोध चौधरी प्रथम भए ।

म्याराथनमा आदिवासी जनजाति समुदायका विभिन्न जातजातिका युवायुवती तथा महिला–पुरुषहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगितालाई विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाले सहयोग गरेका थिए ।

प्रतियोगिताका विजेताहरूलाई तमु लोसारको अवसरमा मंगलबार दिउँसो आयोजना हुने विशेष समारोहका बीच प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरिने आयोजक समितिले जनाएको छ । लोसारको अवसरमा जातीय सद्भाव र भ्रातृत्व कायम गर्ने उद्देश्यले हरेक वर्ष यस्ता खेलकुद तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर