animated ellipse animated ellipse

सीमा सुरक्षा, विपद् र शान्ति सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ माघ २०८१, बुधबार १८:४२
27
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शशस्त्र प्रहरीले सीमा सुरक्षा, बिपद र शान्ति सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बाहिनी मुख्यालय पकली इटहरीमा २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सशस्त्रको गौरव गाथा स्मरणीय रहेको चर्चा गरे । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरु नभएपनि सीमा सुरक्षामा खेलेको भुमिका अविष्मरणीय रहेको बताउँदै उनले भने ,‘कोरोनाकालमा सीमा क्षेत्रमा र विपद् आउँदा अग्रभागमा खेलेको भूमिकाले सशस्त्र प्रहरी बल महत्वपूर्ण रहेको छ ।’ सिमित स्रोत साधनबिच सीमा सुरक्षा गरेर राजस्व वृद्धि गर्न र विपत व्यवस्थापन काम गरेकोमा प्रशंसा गरे । काही विपद् भयो भने सशस्त्र प्रहरी छ यसले काम गर्छ भनेर ढुक्क हुने अवस्था रहेको उनले बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा बोडर पोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । दुई ठुला देश रहेको र भारतसँग खुला सीमा रहेको आपसी समन्वय गरेर काम गर्दै देशले लाभ लिन सक्नु पर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर