RUMPUM
animated ellipse animated ellipse

सरस्वती र अरनिको स्कुल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विजयी हुँदै उपाधि नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ फाल्गुन २०८०, शुक्रबार १७:४२
1.45k
Shares
पुष्पराज थपलिया
विराटनगर /सरस्वती स्कुल र अरनिको स्कुल अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा विजयी भई उपाधि नजिक पुगेका छन् ।

नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा विजयी हुँदै सरस्वती स्कुल र अरनिको स्कुल उपाधि नजिक पुगेको हो ।

पहिलो सेमिफानल खेलमा कोशी मोडेल स्कुललाई सरस्वती स्कुलले ६ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । जस्मा रविन मण्डलले सर्वाधिक ७० रनको योगदान दिए । सरस्वतीका अविशेक यादवले २ विकेट लिए ।

१ सय ५० रनको लक्ष्य पछ्याएको सरस्वतीले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा सो विजयी लक्ष्य भट्टाएको थियो । जस्मा म्यान अफ द म्याच अविशेक यादवले ५६ रन बनाउँदा शिवनन्दन यादवले ३७ रनको योगदान दिए । कोशीका अमन दुलाल र रितिक यादवले २–२ विकेट लिए ।

दोस्रो सेमिफानल खेलमा अरनिको स्कुलले सत्यनारायण स्कुललाई सुपर ओभरमा पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३ रनको योगफल तयार पारेको थियो । जस्मा म्यान अफ द म्याच अमर यादवले सर्वाधिक ३१ रनको योगदान दिए । सत्यनारायणका कुष्णकुमार यादव,सलमान कामत र आबाश यादवले १–१ विकेट लिए ।

१ सय ४ रनको विजयी लक्ष्य पाएको सत्यनारायणले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय ३ रन नै बनाए पछि खेलको नियर्ण सुपर ओभरबाट भएको हो । जस्मा आकाश यादवले सर्वाधिक ४३ रनको योगदान दिए । अरनिकोका अमन यादव र साइसोर कोइरालाले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर