विएस्सी सिएसआईटीमा एम्सको उत्कृष्ट नतिजा

खबर पूर्वाञ्चल, १८ श्रावण २०७८, सोमबार १६:०७

विराटनगर / विराटनगर–९ कलेज रोडमा रहेको एम्स कलेजले विएस्सी सिएसआईटीको २०७६ को पहिलो सेमेस्टारमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा अध्यापन भइरहेको यस विषयको हालै प्रकाशित नतिजा अनुशार एम्सका २३ जना विद्यार्थीमध्ये १८ जना उत्कृष्ट अंक ल्याउदै उत्तिर्ण भएका छन् । जुन परिक्षा दिने विद्यार्थी मध्ये करिब ८० प्रतिशत हो ।

कलेजका क्याम्पस प्रमुख सिएम बस्नेतका अनुसार एउटा कलेजबाट यति धेरै प्रतिशत विद्यार्थी उत्तिर्ण हुनु गौरवको बिषय हो । जुन प्रायः आउदैन । उनले सम्भवत प्रदेशभरिबाट नै सवैभन्दा राम्रो नतिजा एम्सको आएको दावी गरे । एम्स यसअघि पनि विएस्सी सिएसआईटीमा २०७१ र ०७२ सालमा लगातार प्रदेश प्रथम भएको थियो । २०५९ सालमा स्थापना भएको यो शिक्षणसंस्थामा २०७० सालदेखि विएस्सी सिएसआईटीको अध्यापन हुँदै आएको छ ।

यसको अध्ययन शुरु भएयता सधै उत्कृष्ट नतिजा आइरहेको क्याम्पस प्रमुख बस्नेतले बताए । एम्स कलेजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विएस्सी सिएसआईटीसँगै बिबिएस, बिएचएम र विएका विषयहरु अध्यापन गराईन्छ । करिब ७ सय विद्यार्थी अध्ययन गर्ने एम्स कलेजले पछिल्लो समय भौतिक पूर्वाधारमा समेत जोड दिँदै आएको छ ।

पछिल्लो समय नयाँ व्यवस्थापनसहित सञ्चालन भइरहेको यो कलेजलाई प्रदेशकै उत्कृष्ट बनाउने लक्ष्य लिइएको क्याम्पस प्रमुख बस्नेतले बताए । ‘सिकाई र कमाई एकैसाथ’भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको यस कलेजले अध्ययनरत विद्यार्थीले पढ्दै कमाउन सक्ने वातावरण निर्माण गर्न तारे होटल, लाईभ बेकरी तथा कफी हाउस सञ्चालन गर्दै छ । यस्तै चाँडै आफ्नै आईटी कम्पनी स्थापना गरेर विद्यार्थीकै प्रत्यक्ष सहभागितामा सञ्चालन गर्ने तयारी गरेको छ ।

क्याम्पस प्रमुख बस्नेत भने,‘करौडौंको लगानीमा होटल, बेकरी तथा आइटी कम्पनी सञ्चालन गर्नुको कारण भनेकै विद्यार्थीलाई सैद्धान्तीक र व्यवहारीक शिक्षा एकसाथ दिनु हो ।’उनले एम्समा अध्ययन गर्ने विद्यार्थी हरेक क्षेत्रबाट अब्बल हुनेमात्र नभई विश्वका जुनसुकै स्थानमा प्रतिष्पर्धाबाट उत्कृष्ट हुनुपर्छ भन्ने मान्यता कलेजको रहेको बताए । शान्त वातावरणमा अध्ययापन हुने यस कलेजले स्थापनादेखि हालसम्म विश्वविद्यालयले दिएको कोटा पूरा गर्दै आएको छ ।

प्रदेशकै नमूना शिक्षण संस्थाको रुपमा विकास भइरहेको एभरेष्ट एजुकेशन फाउण्डेसन भित्र रहेको एम्स कलेजले पछिल्लो समय सवै कक्षाकोठालाई वातानुकुलित बनाएको छ । भौतिक पूर्वाधार पनि अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्छ भन्ने मान्यताका साथ सिकाई पनि विश्वस्तरीय बनाउनकै लागि होटल सँगै करौडौंको लगानीमा बेकरी तथा कफी हाउस सञ्चालनमा ल्याएको हो ।

त्यहाँ प्रविधिको उच्चतम प्रयोग गर्दै स्वचालित उपकरणबाट ग्राहकको चाहना अनुसारका परिकार आफ्नै आँखा अगाडि तयार गरेर दिइने व्यवस्था मिलाइएको कलेज तथा एभरेष्ट एजुकेशन फाउण्डेसनका प्रबन्ध निर्देशक टीकाराम पुरीले बताए । ‘हामी फाउण्डेसनभित्र रहेका सवै शिक्षणसंस्थाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर विश्वस्तरीय बनाउन चाहन्छौं,’उनले भने,‘ताकि हरेक क्षेत्रमा हाम्रा विद्यार्थी विश्वभर प्रतिष्पर्धा गर्न सकुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५