खबर पूर्वाञ्चल
विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पाढाउने थ्रिबिज एजुकेसन संचालनमा आएको हो ।
उच्च शिक्षा अध्ययनको लागि थ्रिबीज एजुकेसन एण्ड भिसा सर्भिसले पाँच वटा देशमा विद्यार्थी पढाउने गरेको निर्देशक समिर खतिवडाले बताए । उनका अनुसार थ्रिबीजले अष्टे«लिया, क्यानडा, युएसए, यूके र न्युजील्याण्डलगायतको देशहरूमा विद्यार्थीहरू अध्ययनको लागि विदेश पढाउने गरेको जानकारी गराए । थ्रिबीज एजुकेशनबाट पढन जाने विद्यार्थीहरुको भिषा रिजेक्ट कम हुने र गुणस्तरीय सेवा दिने गरेको खतिवडाको भनाई छ ।
थ्रिबीज संचालनमा आएको अवसर पारेर अस्टे«लिया जाने विद्यार्थीको लागि भिषा प्रोसेसमा पनि १५ हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ । सोही अवसरमा आयल्स र पीटिइ गर्ने विद्यार्थीहरूको लागि अहिले निःशुल्क कक्षा पनि संचालन गरिएको जानकारी गराएको छ ।