AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुनसरीमा ३ सय १० सहित प्रदेश १ मा आजसम्मकै उच्च ५ सय ५२ कोरोना संक्रमित थपिए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ आश्विन २०७७, शनिबार १८:५९
837
Shares
विराटनगर / सुनसरीमा ३ सय १० सहित प्रदेश १ मा आज ५ सय ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या ९ हजार ८ सय ९२ पुगेको छ ।

सुनसरीमा बाहेक मोरङमा १ सय ९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४/४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा २ सय २० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ९१ म्हिला र १ सय २९ पुरुष छन् । सुनसरीकै इटहरीमा ५०, इनरुवामा २१, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ३, देवानगञ्ज, भोक्राहानरसिंह र गढीमा १–१ जना नयाँ संक्रमित थपिएका छन् ।

यता मोरङको विराटनगरमा १ सय ४५, बुढीगंगामा १३, सुन्दरहैचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा ३/३, रंगेली, पथरीशनिश्चरे, ग्रामथानमा २–२, केराबारीमा १ र स्थानीय तह नखुलेका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको विर्तामोडमा ८, दमकमा ७, मेचीनगरमा ६, भद्रपुरमा ३, कनकाई र गौरादहमा १/१, उदयपुरमा त्रियुगामा ४, स्थानीय तह नखुलेका १, धनकुटाको साँधुरीगढीमा ३, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ४, खोटाङको खोटेहाङमा १, इलामको इलाममा १, ताप्लेजुङमा १ र ओखलढुङ्गामा १ जना र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ७ सय ८६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ९४ महिला र ३ सय ५८ पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर