ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जेहन्दार विद्र्याथीका लागी विपी कोइराला सेवा केन्द्रमा संचालित प्राविधिक सिक्षा प्रभावकारी वन्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ आश्विन २०७९, शनिबार १९:१५
216
Shares
कुमोद अधिकारी
विराटनगर / पूर्वी मोरङको सुनवर्सी नगरपालिका वार्ड न ९ स्थित विपि कोइराला सेवा केन्द्रद्धारा प्राविधिक सिक्षालय संचालनमा आएपछि गरिव तथा जेहन्दार विद्यार्थीलाई अध्यन गर्न सहज भएको छ ।

तीनवर्ष देखि संचालनमा आएको प्राविधिक सिक्षालयमा सो क्षेत्रका गरिव, विपन्न तथा सिमान्तकृत समुदायका विद्यार्थी अध्यनरत छन् । प्राविधिक सिक्षालयको स्थापना संगै त्यस क्षेत्रका विद्यार्थीलाई उच्च सिक्षा हासिल गर्न सहर जानु पर्ने वाध्यता हटेको छ ।

२०७६ सालदेखि सेवा केन्द्रमा संचालित प्राविधिक सिक्षालयमा ४० जना विद्यार्थीले १८ महिने सव ओभरसियर कक्षा निशुल्क पढन पाएका छन् । यहाँ अध्यनरत दुई व्याजका विद्यार्थीलाई आर्थिक अवस्था कमजोड भएको भन्दै विद्यार्थीवाट कुनैपनि शुल्क नलिएको विपी कोइराला सेवा केन्द्र संचालक समितिका सचिव भोजराज कटेलले वताए ।
विद्यालयमा अध्यन गर्न आउने विद्यार्थी प्राय गरिव विपन्न समुदायका हुने गरेकाले विद्यालयले आफ्नै लागनीमा उनीहरुलाई निशुल्क सिक्षा प्रदान गरेको उनको भनाई छ ।

नेपालमा प्रजातन्त्रको पुर्न स्थापना हुनु अघि सो ठाउँमा विपि कोइराला सेवा केन्द्र स्थापना भएको हो । गाउँका गरिव तथा असहाय विद्यार्थीलाई सहज रुपले सिक्षा प्रदान होस भन्ने उदेश्यले सेवा केन्द्रमा प्राविधिक सिक्षा संचालनमा आएको हो ।

सो प्राविधिक विद्यालयले यसवर्ष देखि डिप्लोमा सिविल इन्जिनियरिङ कक्षा संचालनका लागी सिटिविटीवाट मान्यता पाएको छ । विद्यालयले तीन वर्षे सिविल इन्जिनियरिङ कोर्ष पुरा गर्न १ लाख २० हजार शुल्क निर्धारण गरेको छ । यसवर्ष देखि शुरु हुन लागेको सो कक्षामा ४० जना विद्यार्थीले अध्यन गर्न पाउने छन् । त्यसका लागी विद्यालयले विद्यार्थी भर्ना लिदै आएको छ ।

निजी तथा सिटिविटीवाट मान्यता पाएका अन्य विद्यालयभन्दा आफ्नो विद्यालयको शुल्क धेरैकम रहेको विद्यालयका प्राचार्य प्रल्लाद राजवंशीको भनाई छ । निजि विद्यालयमा यहि कोर्ष पढ्न ३ देखि ४ लाख तथा सिटिविटीवाट मान्यता प्राप्त अरु विद्यालयमा पढ्न दुई लाखसम्म शुल्क लाग्ने गरेको उनको भनाई छ ।

गाउँघरमा प्राविधिक सिक्षा संचालनमा आएपछि उच्च सिक्षा हासिल गर्न सहज हुने विद्यालयमा भर्ना हुन आएकी अन्जु साहको भनाई छ । यहि कोर्ष पढ्न विराटनगर, कटहरी तथा रंगेली जानु पर्ने अवस्थामा आफ्नै पालिकामा इन्जिनियरिङ कक्षा संचालनमा आउने भएपछि अव कम खर्चमा उच्च सिक्षा हाशिल गर्न पउदा खुशी लागेको उनले वताइन् ।

गाउँघरमै प्राविधिक सिक्षालय संचालनमा आएपछि अभिभावकहरु समेत खुशी भएका छन् । रतुवामाई नगरपालिका– ७ का गंगा साहले गाउँमै प्राविधिक सिक्षालय संचालनमा आएपछि छोरीलाई विद्यालय भर्ना गरेको वताए । सहरमा छोरा छोरीलाई कसरी पढाउने भन्ने चिन्ता थियो अव गाउँघरमै प्राविधिक सिक्षा संचालनमा आएपछि त्यो चिन्ता हटेको उनको भनाई छ । सो विद्यालयमा सुनवर्सी, रतुवामाई तथा रंगेली नगरापलिकाका विद्यार्थीहरुले विद्यालयमा भर्ना हुदै आएका छन् ।

विद्यालय संचालनका लागी सुनवर्सी नगरपालिका तथा रतुवामाई नगरपालिकाले आर्थिक सहयोग गरिरहेको र पर्याप्त सहयोग नभएका कारण चन्दा संकलन गरेर विद्यालय संचालन गरिरहेको समितिको भनाई छ । प्रदेश १ सरकार तथा नगरपालिकाको सहयोगका कारण विद्यालय परिसरमा ठुलाठुला पूर्वाधार निमार्णको काम समेत भइरहेको समितिका सचिव कटेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर