AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बेलबारीको बोयर बाख्रा प्रकरण अख्तियारसम्म पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ जेष्ठ २०७८, सोमबार १८:२८
927
Shares
विराटनगर / मोरङको बेलबारीको बोयर बाख्रा प्रकरणको विषय अख्तियारसम्म पुगेको छ ।

नगरपालिकाले किसानलाई बोयर बाख्रा वितरण गर्दा घोटाला भएको दाबीसहित बेलबारीका ६ जना युवाहरूले उजुरी दिएपछि यो विषय अख्तियारमा पुगेको हो ।

बेलबारीका सुजित बस्नेत, विपिन आचार्य, खेमप्रसाद गौतम, कमल सुब्बा, रिक्तबहादुर गुरुङ, विशाल थापाले अख्तियारको इटहरी कार्यालयमा पुगेर उजुरी दिएका हुन् । उजुरीमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, बेलबारी नगरपालिका १ का उत्तम गिरी, ग्रो अर्गानिक कृषि फर्म संखुवासभाका प्रतिनिधि भनिएका श्याम पाण्डे तथा बेलबारी गरपालिकाका अन्य जनप्रतिनिधिकोसमेत संलग्नतामा १ करोड १ लाख रुपैयाँ बराबरको घोटाला भएको भन्दै छानबिन गरी आवश्यक कारबाहीको माग गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीका प्रमुख बाबुराम खतिवडाले बेलबारी बोयर प्रकरणका विषयमा उजुरी आएको जानकारी दिँदै यसबारे अख्तियारले आवश्यक प्रक्रियाहरू अघि बढाउने बताए । बेलबारी नगरपालिकाले जेठ १५ गते किसानलाई बोयर पाठापाठी वितरण गरेको थियो ।

अस्ट्रेलियाबाट सोझै चार्टर गरेर किसानलाई वितरण गरिएका भनिएका बाख्रा नेपालकै नवलपरासीको केशर एग्रो फर्मबाट ल्याएको तथ्य सार्वजनिक भएको थियो । नगरपालिकाले यसअघि नै छानबिनमा दोषी देखिए कारबाही गर्ने भनेर गठन भएको छानबिन समिति पनि संयोजकले नै समितिमा बस्न अस्वीकार गरेपछि क्रियाशील हुन पाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर