AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा स्वावलम्बन लघुवित्तको साक्षरता कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ चैत्र २०८०, बिहीबार २०:३७
108
Shares
विराटनगर/ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्तरक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम आज सम्पन्न भएको छ।

दुई दिनसम्म संचालन भएको उक्त कार्यक्रममा दुई सय जना केन्द्र प्रमुखहरुको सहभागि रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. विराटनगरका शाखा प्रबन्धक मनोज न्यौपाने जानकारी दिए । केन्द्र प्रमुखहरूको भेला गराएर वित्तीय साक्षरताको बारेमा जानकारी गराएपछि उनीहरुले सेयर सदस्यहरुलाई बुझाउन सजिलो हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताए । दुई दिनसम्म संचालन भएको कार्यक्रमको सहजिकरण स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. इटहरीका प्रमुख लोकबहादुर ढकाल र विराटनगरका शाखा प्रबन्धक न्यौपानेले गरेका थिए ।

सोही अवसरमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. विराटनगरको कार्यक्षेत्र अन्र्गतको उत्कृष्ट हुने केन्द्रलाई पुरस्कृत पनि गरेको छ । जसमा केन्द्र नं.१२ प्रथम भएको छ । केन्द्र नं. ६ द्धितीय र तृतीय केन्द्र नं. ९१ भएको छ । उनीहरुलाई नगदसहित कदर पत्रले सम्मान गरिएको छ । पुरस्कृत भएका केन्द्र प्रमुखहरुलाई समापन कार्यक्रमको प्रमुख अतिथि कटहरी गाउँपालिका १ का वडाअध्यक्ष हरिनारायण राजवंशीले पुरस्कार वितरण गरे ।

यसैगरी आफ्ना सेयर सदस्यको घरक्षती वापत राहत रकम पनि लघुवित्तले वितरण गरेको छ । केन्द्र नं. १४७ का सदस्य ललिता देव मलाहको घर क्षती भएपछि लघुवित्तले राहत रकम वितरण गरेको हो । यसैगरी श्रीमानको मृत्यु भएपछि केन्द्र नं. १ की सीतादेवी कटुवाल र केन्द्र नं. १६० की यसोदा देवी मण्डललाई पनि लघुवित्तले सहयोग रकम प्रदान गरेको छ । केन्द्र नं. ६२ की सानी तामाङको श्रीमानको मृत्यु भएपछि उनले लिएको २ लाख २५ हजार रुपैयाँ कर्जा पनि मिनाह गरिएको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. विराटनगरका शाखा प्रबन्ध न्यौपानले जानकारी दिए ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. देशभरीमा १४५ वटा शाखा कार्यालय रहेको छ । विराटनगर अन्तर्गत ३ हजार ७२ जना सेयर सदस्यहरु रहेको लघुवित्तले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर