प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

खबर पूर्वाञ्चल, १ मंसिर २०७८, बुधबार १६:२०

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन् ।

आज प्रदेश १ सभामा विश्वासको मतका लागि भएको मत विभाजनमा राईका पक्षमा ५० मत खसेको छ । विपक्षमा २९ मत खसेको छ ।

नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका ३९ मध्ये १० जना सांसद अनुपस्थित भएका छन् । ४१ जना सांसद रहेको नेकपा एकालेका एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ ।

यो सँगै प्रदेशसभाको वैठक अर्काे सूचना नभएसम्मको लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५