animated ellipse animated ellipse

सबैको सामूहिक प्रयासले मात्रै लैंगिक हिंसा रोक्न सकिन्छ ः मेयर कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० मंसिर २०८१, सोमबार १७:३७
18
Shares
विराटनगर/ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ ।

विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक चोक हुँदै हिमालय रोडमा पुगेर कोणसभामा परिणत भएको थियो । मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, एसपी नारायण चिमरिया, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, काजीबहादुर बस्नेत, कुमार पोखरेल, जितन थापा, तीर्थेन्द्र नेउपानेसहित कार्यपालिकाका सदस्यलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा भएको ¥यालीमा पञ्चेबाजासँगै सहभागीले नाचगानसमेत गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले लैंगिक हिंसा रोक्न १६ दिने अभियानले मात्रै नपुग्ने बताए । उनले घरघरमा सचेतना पु¥याउनुपर्नेमा जोड दिए । ‘लैंगिक हिंसा रोक्नका लागि १६ दिन अभियान सञ्चालन गरेर मात्रै पुग्दैन,’ मेयर कोइरालाले भने, ‘यस्ता अभियान हरेक दिन हुनुपर्दछ । कोही लैंगिक हिंसामा परेका छन् भने महानगरको न्यायिक समितिमा उजुरी गर्न सक्नुहुनेछ । लैंगिक हिंसामा परेर कोही पनि नबस्नुहोला ।’

त्यस्तै उपमेयर कार्कीले महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेको सुनाइने । उनले कोही पनि पुरुष हिंसामा परेको भए न्यायिक समितिमा उजुरी दर्ता गर्न आग्रह गरिन । उनले भनिन्, ‘अहिले महिला मात्रै होइन पुरुष पनि हिंसामा परेका छन् । यदि कोही हिंसामा पर्नुभएको छ भने न्यायिक समितिमा उजुरी गर्नुहोस् हामी नाम योप्य राख्छौं ।’

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले लैंगिक हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको औंल्याए । उनले सरकार, राजनैतिक दल, नागरिक समाज, पत्रकार सबैको सामूहिक प्रयासले मात्रै लैंगिक हिंसा रोक्न सकिने स्पष्ट पारे । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले लैंगिक हिंसाविरुद्धको अभियानले सचेतना वृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गरे । गैसस महासंघ मोरङकी सहसचिव तथा मानव अधिकार सञ्जालकी सहसंयोजक वाग्मता कट्टेललगायतले महानगरको नेतृत्वमा भएको ¥यालीमा माइती नेपाल, एवीसी नेपाल, ओरेक नेपाल, नारी विकास संघ, इन्सेक, कोकन, कोशी नर्सिङ कलेज, स्काउट, महेन्द्र मोरङ क्याम्पस, नेपाल प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, नागरिक समाज, नगर बाल क्लबलगायतका गैसस महासंघ मोरङ र मानवअधिकार सञ्जालमा आबद्ध रहेका संघसंस्थाका प्रमुख र प्रतिनिधिसहित १५ सयभन्दा बढीको सहभागिता रहेको थियो ।

‘हामी सबैको प्रतिबद्धता ः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत विभिन्न संघसंस्थाको संयोजनमा विभिन्न कार्यक्रम आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर