RUMPUM
animated ellipse animated ellipse

हिसान स्पोर्टस् मिटमा विकेभिएम, कान्तिपुर, मोडर्न एरा, रेड स्टार,सगरमाथा, नेशलन,ज्ञालेक्सी र भानु कलेजलाई सफलता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०८०, शुक्रबार १७:४९
720
Shares
विराटनगर / हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत शुक्रबार भएको खेलमा विकेभिएम, कान्तिपुर, मोडर्न एरा, रेड स्टार,सगरमाथा, नेशलन,ज्ञालेक्सी र भानु कलेज विजयी भएका छन् ।

विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा विकेभिएम र भानु कलेज विजयी भएको छ ।

पहिलो खेलमा विकेभिएम स्कुलले सेन्ट जोसेफ स्कुललाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सेन्ट जोसेफले निर्धारित १० ओभरमा ४ विकेट गुमाई ५६ रन जोडेको थियो । जस्मा सुमन राजवंशीले २४ रनमा अविजित हुँदा दशरत मण्डलले १३ रन बनाए । विकेभिएमका मनिषराज यादव, देवेन्द्र यादव र सुनिल यादवले समान १–१ विकेट लिए ।

५७ रनको चुनौती पाएको विकेभिएले ८ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा मनिषराज यादवलेले सर्वाधिक ११ रनको योगदान दिए । सेन्ट जोसेफका म्यान आफ द म्याच दशरत मण्डलले सर्वाधिक ४ विकेट लिए ।

दोस्रो खेलमा भानु कलेजले सगरमाथा कलेजलाई २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको भानुले १९ दशमलव ४ बलमा सवै विकेट गुमाई ९८ रनको योगफल बनाएको थियो । जस्मा म्यान अफ द म्याच सुवास राँयले ३२ रन बनाए । सगरमाथाका शैलेश थापाले ३ विकेट लिए ।

९९ रनको चुनौती पाएको सगरमाथाले १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ७३ रनमा सिमित भयो । जस्मा आषिफ अन्सारीले १९ रनको योगदान दिए । भानुका सुवास राँय र रोहित कामतले २–२ विकेट लिए ।

त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा रेडस्टार र सगरमाथा कलेज विजयी भएका छन् ।

पहिलो खेलमा विराटनगरको मेरिल्याण्ड कलेजलाई रेडस्टार कलेजले २–१ को गोल अन्तरले पराजित गरेको छ । रेड स्टारको जितमा म्यान अफ द म्याच सन्जोग राई र सोनम गुरुङले १–१ गोल गरे भने मेरिल्याण्डका रयान कार्कीले १ गोल गरे ।

दोस्रोे खेलमा सगरमाथा स्कुलले विकेभिएम स्कुललाई २–० को गोल अन्तरले पराजित गरेको छ । समगरमाथाका म्यान अफ द म्याच सेसेहाङ लिम्बु र प्रदिस राई १–१ गोल गरे ।

तेस्रो खेलमा नेशनल एकाडेमीले भानु कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णायक गोल गर्ने नेशनलका अनुज प्रधान म्यान अफ द म्याच घोषित भए ।

चौथो खेलमा कान्तीपुर कलेजले जनक स्कुललाई १–० को गोल अन्तरले पराजित गरेको छ । कान्तीपुरको जितमा म्यान आफ द म्याच आयुस मगर १ गोल गरे ।

त्यस्तै आजै भएको छात्र भलिबलमा कान्तिपुर र मोडर्न एरा विजयी भएका छन् ।
पहिलो खेलमा कान्तीपुरले जेभियर्स स्कुललाई २५–१२ र २५–५ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तीपुरका केवल लिम्बु घोषित भए ।

दोस्रो खेलमा मोडर्न एरा स्कुलले शिक्षासदन स्कुललाई २५–११ र २५–१९ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोडर्न एराका किशन कटुवाल घोषित भए ।

त्यस्तै छात्रा भलिबलमा ज्ञालेक्सी स्कुल र रेड स्टार स्कुल विजयी भएका छन् ।
पहिलो खेलमा ज्ञालेक्सी स्कुलले मोडर्न एरा स्कुललाई २६–२४ र २५–२३ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोडर्न एराका सुस्कन राई घोषित भए ।

दोस्रो खेलमा रेड स्टार स्कुलले शिक्षादिप कलेजलाई २५–२ र २५–९ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच रेड स्टारका प्रभा तामाङ घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर