खबर पूर्वाञ्चल
आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने परदेशी – २ चलचित्रको प्रचार प्रसार गर्दै देश दौडाहमा हिडेका अभिनेता प्रकाश सपुत, अभिनेत्री वर्षा सिवाकोटी, चलचित्रका निर्माता राजेश वंशलसहित अन्य कलाकारहरू सोमबार मेरील्याण्ड कलेज आइपुगेका हुन् ।
नेपाली चलचित्रलाई माया गर्नेहरुको कोशी प्रदेश भएकोले प्रोमोसनका लागि मेरिल्याण्ड आएको चलचित्रका निर्माता राजेश वंशलले बताए । अभिनेता प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीले विद्यार्थीहरु माझ मनोरञ्जन प्रदान गरे । उनीहरुले उक्त चलचित्रको चर्चित गीतमा नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाए । उनीहरुको प्रस्तुतिलाई विद्यार्थीहरुले भरपुर मनोरञ्जन लिए । उक्त चलचित्र नेपाली सिनेमा घरहरुमा असोज २६ गतेदेखि प्रदर्शन हुदैछ ।
चलचित्रमा केकी अधिकारी, वर्षा सिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामाङ, देवेन्द्र बब्लु, नारायण रायमाझी, राजेश वंशल, रमेश विजीलगायत कलाकारहरुको भूमिका रहेको छ । कलाकार प्रकाश सपुतले यो चलचित्र प्रत्येक नेपालीले एक पटक हेर्नै पर्ने चलचित्र भएको बताए । कार्यक्रममा कलाकारहरुलाई खादा र माला लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा केहि विद्यार्थीहरुले आ–आफ्नो कला पनि देखाएका थिए । कार्यक्रममा आभिनेत्री वर्षा सिवाकोटीले मेरिल्याण्डबारे जे सुनेको थिए यहाँको वातावरण त्यो भन्दा दोब्बर पाएको बताईन् ।