खबर पूर्वाञ्चल
विराटनगर–६ कृषि भवन पछाडी शुक्रपथका पर्शुराम गिरीले राखेका स्टलको चिकेन रोलमा उपभोक्ताको अत्याधिक आकर्षण देखिएको थियो । विदेशतिर चिकेन सावरमा भनेर चिनिने चिकन रोलमा उपभोक्ताले धेरै रुचि राखेको गिरीले बताए । गिरीका अनुसार विदेशको स्वाद मैले यस महत्सवमा दिएको छु । नयाँ स्वादकोे अरवियन खाजा रहेकोले उपभोक्ताको अत्यधिक रोजाइमा परेको बताए । गिरीले विराटनगर–६ शुक्रपथ सेन्चुरी मल पछाडी आफ्नै भवनमा पारिजात नाम गरेको होटेलमा अरवियन खाजा सावरमाको खाजाको पारिखिलाई स्वाद इिरहेका छन् ।
गिरीले दुवईको अमेरिकन नेमि क्याममा १२ बर्ष काम गरेर आफ्नै देशमा केही गरु भन्ने सोचमा अरवियन खाजा घर खौल्दै सेवा दिएका छन् । उनले खोल्दा अरवियन खाजा घर मोफसलमै पहिलो रहेको बताए ।